पवन थापा/कञ्चनपुर : गत मंगलबार १५ माघदेखि कञ्चनपुरको महेन्द्रनगर खुला मञ्चमा संचालन भएको सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सवमा दर्शकको भिडभाड बढेको छ । ‘साँस्कृतिक धार्मिक ऐतिहासिक पषर््टकीय सम्पदाको पहिचान सम्बृद्ध एव सुसंस्कृत समाज निर्माणमा हाम्रो अभियान’ भन्ने मुल नारा अघि सारेर सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक कञ्चनपुर पर्यटन महोत्सव संचालन भएको थियो ।

नेपाल उद्योग व्यापार महासंघ कञ्चनपुरको आयोजनामा नगरपालिका ४ महेन्द्रनगर खुला मञ्चमा शुरु भएको महोत्सवको एक एक सातामा हजारौँ दर्शकले मेला अवलोकन गरेका छन । नेपाल उद्योग व्यापार महासंघ कञ्चनपुर एव मेला मुल आयोजक समितिका संयोजक ललित परियारले दैनिक हजारौँ दर्शकले मेला अवलोकन गरिहेको बताए । संयोजक परियारका अनुसार ओझेलमा परेका सुदूरपश्चिमका लोक कलादेखि राष्ट्रिय कलाकारबाट दैनिक हुने प्रस्तुती अवलोकनका लागि हजारौँ दर्शक आईरहेको बताए ।

सोमबार बसन्तपञ्चमी अर्थात सरस्वती पुजाका लागि पनि भित्रै सरस्वतीको पुजा गरिएको थियो । मेलामा बाल उद्यान सहित लघु उद्यम प्रर्दशन, अटो प्रर्दशन, कृषि प्रर्दशनी, गार्मेन्ट, बैकल्पिक उर्जा, गुणस्तरिय दैनिक उपभोग्य समाग्री, विद्युतीय समाग्री, शिक्षा,स्वास्थ्य, क्षेत्रका सेवा प्रर्दशनी गरिएका छन । संयोजक परियारले कोरोना महामारीपछि थलिएको अर्थतन्त्र सुधार ल्याउनुका साथै आम उद्योगी, व्यवसायी, कृषकले उत्पादन गरेका बस्तु तथा सेवाको बजारीकरण गर्नका लागि महोत्सव आयोजना गरिएको बताए । संयोजक परियारका अनुसार भीनपा ८तिलाचौरमा नेपाल आमाको मूर्ति निर्माणका लागि सहयोगार्थ प्रति टिकटमा २, नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरको अक्षयकोष स्थापनार्थका लागि पनि २रुपैया र समाजकल्याण बाल अनाथालयमा सहयोगार्थका लागि प्रति टिकेटमा १ रुपैया छुट्याईनेछ ।

‘हामीले साधारण टिकेट तर्फ यस्तो समाजिक सेवा गर्ने निर्णय गरेका छौँ, ‘उनले भने, ‘यो सम्भवत समाजिक क्षेत्रको एक उदाहरणीय बन्नेछ ।’ मेला महोत्सव आर्थिक कारोबार, मनोरञ्जन गर्नका लागि मात्रै नभई समाजिक सेवाका लागि समेत रहेको उनले बताए । महोत्सव अवलोकनका लागि विद्यार्थी सहुलियत तर्फ ४० र साधारण तर्फ ८०रुपैया कायम गरिएको छ । भने, अति अशक्त, जेष्ठ नागरिकहरुको हकमा समेत भारी छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ । २६ माघसम्मै संचालन हुने मेलामा करोडौँको कारोबार हुने अपेक्षा गरिएको छ ।
