भीमदत्त : आफु सामुदायिक विद्यालयको अध्यक्ष बन्ने तर आफ्नै सन्तान निजी विद्यालय बोडिङ पढाउने सस्कार चिर्दैै कञ्चनपुरको एक सामुदायिक विद्यालयका अध्यक्षले आफ्ना सन्तानलाई सरकारी विद्यालयमै भर्ना गरेका छन । बसन्तपञ्चमी सरस्वती पुजा अक्षेराँस गरेकै दिन भीमदत्त नगरपालिका १८ कटान महेन्द्रनगर मावि(साधारण स्कुल)का अध्यक्ष बिरेन्द्रराज विष्टले आफ्नी छोरी काश्बी विष्टलाई सोही विद्यालयमा भर्ना गरेका हुन ।

अध्यक्ष विष्टले आफुले नेतृत्व गरेकै सरकारी विद्यालयमा पढाउनका लागि भर्ना गरेको विद्यालयले जनाएको छ । कास्बीलाई बाल विकास कक्षामा भर्ना गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रराज विष्टले यस अघि गरेको प्रतिबद्धता अनुरुप आफु कार्यरत विद्यालयमै छोरीलाई भर्ना गरेका छन । अध्यक्ष विष्टले आफ्ना सन्तान र शिक्षक, कर्मचारी, विद्यालयका छोराछोरी आफ्नै विद्यालयमा भर्ना गराउने प्रतिज्ञा गरेका थिए । साथै विद्यालययका पदाधिकारी सदस्य एव अन्य शिक्षक कर्मचारीले समेत विद्यार्थी भर्ना गरेका छन ।

शिक्षक विवेक ठगुन्नाले छोरा, मानमती ठगुन्ना (अधिकारी)ले छोरी, विज्ञान संयोजक शिक्षक सन्तोष पाण्डेयकी छोरी, बाल विकास शिक्षक भगागरथी भट्टको छोरा र अतिरिक्त तथा साँस्कृतिक संयोजक भवानी चन्दको नातीलाई बाल विकास कक्षामा भर्ना गरेको विद्यालयले जनाएको छ । महेन्द्रनगर माविका आधारभूत संयोजक लोकमणी भट्टले सरस्वती पुजाकै दिन प्रारम्भिक बाल विकास कक्षा तर्फ ३० विद्यार्थी भर्ना भएको बताए । महेन्द्रंनगर मावि साधारण स्कुलमा प्रारम्भिक बाल विकासका छुट्टै कक्षा छन ।

