महेन्द्रनगर मावि (साधारण स्कुल)का संस्थापक प्रधनाध्यापक भट्टको सालिक बन्ने

कञ्चनपुर: कञ्चनपुरको महेन्द्रनगर माध्यामिक विद्यालय (साधारण स्कुल)का संस्थापक प्रद्यानाध्यापकको सालिक बनाईन लागिएको छ । भीमदत्त नगरपालिका १८कटान स्थित महेन्द्रनगर माध्यामिक विद्यालय (साधारण स्कुल)का संस्थापक प्रअ स्व. धर्मानन्द भट्टको सालिक बनाईन लागिएको हो । महेन्द्रनगर माध्यामिक विद्यालयका भूतपूर्व विद्यार्थीले संस्थापक प्रअ भट्टको सालिक बनाउन लागेका हुन ।

महेन्द्रनगर मावि भुतपुर्व विद्यार्थी समाजका अध्यक्ष शुनिल ओझाले संस्थापक प्रअ भट्टले विद्यालयमा पु¥याएको योगदानको कदर गर्दै सालिक बनाउन लागिएको बताए । महेन्द्रनगर माविका अध्यक्ष बिरेन्द्र राज विष्टले उक्त सालिक निर्माणमा विद्यालयबाट समेत सक्दो सहयोग हुने बताए । सोमबार एक कार्यक्तमका विच सालिक निर्माणका लागि शिलान्यास गरिएको छ । कार्यक्रममा भूतपुर्व विद्यार्थी सहितका शिक्षक, अभिभावकको सहभागिता रहेको थियो ।

ताजा समाचार