कैलाली : प्रततिशील लेखक सङ्घ कैलाली शाखाले प्रलेस कैलालीले संस्थापक अध्यक्ष यज्ञराज भट्ट अज्ञातको श्रद्धाञ्जली सभा तथा रचनावाचन कार्यक्रम २०८१ माघ १९ गते धनगढीमा सम्पन्न गरेको छ।

अज्ञात ज्यूका धर्मपत्नी , सुपुत्र र नातीकाे समउपस्थितिमा सम्मपन्न कार्यक्रममा प्रेस सेन्टरका पधादिकारी तथा विभिन्न संघ संस्थाका प्रतिनिधि साथै कैलाली बहुमुखी क्याम्पसका विद्यार्थी नेता तथा साहित्यकार यमराज जाेशी, पवन सुनार तथा थुप्रै साहित्यकारकाे बाक्लो उपस्थिति रहेको थियो । हिमाल शाही, बसन्ति साउँद, कमला तिमिल्सिना, दिपक भट्ट, पवन सुनार, तिर्थराज जाेशी लगायत धन्नै दुई दर्जन साहित्यकारहरूले रचना वाचन गरेको उक्त कार्यक्रममा अतिथिहरूले अज्ञात ज्यूलाई विशेष रूपमा सम्झिनुभएकाे थियो ।
अज्ञात ज्यूकाे याेगदान र व्यक्तित्वकाे बारेमा बाबुराम आचार्य र लक्षिराम आचार्यले चर्चा गर्दै उहाँ पद र प्रतिष्ठाकाे कहिल्यै लाेभ नभएको, जनताले खाेजेकाे समाज अझै निर्माण नभैसकेकाे र उहाँको जीवन जस्तोसुकै अभावमा पनि विशेष आदर्श नगुमाएकाे र अब उहाँको हामीले सधैं ज्ञात बनाउनुपर्नेमा जाेड दिँदै जिउँदै छदाँ विशेष केही गर्न नसकेकोमा चिन्ता व्यक्त गर्नुभयाे । त्यस्तै ओम प्रकाश पुन तथा काेपिला शर्माले उहाँलाई दुई महिना अगाडि बाम आन्दोलनका अगुवा तथा एक वर्ष अगाडि प्रलेसले सम्मान गरेकाे स्मरण गर्दै उहाँको स्मृति दिवसमा उहाँको व्यक्तित्व समेटेर स्मृति अंक निकाल्ने बताउनुभयो।

कैलाली जिल्ला इन्चार्ज काेपिला शर्मा”कल्प”काे संयाेजन जिल्ला संयाेजक ओमप्रकाश पुनको अध्यक्षता, दशरथ भट्टकाे शुभकामना तथा दशरथ धामीकाे सञ्चालनमा सम्पन्न कार्यक्रमकाे प्रमुख अतिथि प्रलेस केन्द्रिय अध्यक्ष डा.मधुसूदन गिरी र विशिष्ट अतिथि प्रलेस केन्द्रीय सल्लाहकार तथा प्राज्ञ डा.कृष्णराज अधिकारी, केन्द्रीय सदश्य तितक सिंह, प्रदेश सांसद तथा पूर्व मन्त्री रमेश धामी, प्रलेस केन्द्रीय पूर्व सचिव बाबुराम आचार्य, पूर्व केन्द्रीय सचिवालय सदश्य लक्षिराम आचार्य, प्रलेस निवर्तमान प्रदेश सचिव केशवनाथ याेगी, नेपाली लेखक संघका केन्द्रीय सदश्य तथा साहित्य समाजका महासचिव गणेश नेपाली, साहित्यकार तथा संस्कृतिविध पदमराज जाेशी, प्रध्यापक तथा साहित्यकार तिर्थराज जाेशी, अन्तरिम विधायिका तथा साहित्यकार मन्जु बम, प्रदेश सांसद जानकी कुवर, सेती प्रादेशिक अस्पतालका अध्यक्ष तथा साहित्यकार निर्मल शाह साथै प्रेस सेन्टरका पदाधिकारी रहनुभएकाे थियोे ।
