दोधारा चाँदनीको संसारीटोलमा जंगली हात्ती धपाउन आगोको धुनी बालेर रातभरी जाग्राम

दोधारा । कही, कही त, आगो बालेको स्थानमा धुवा आईरहेको छ् । बाला लाग्न लागेको गहुँबाली कुल्चिएको छ् । खेतको किनारमा लहरै प्लास्टिक झुण्ड्याईएका छन् । जंगली हात्ती धपाउन स्थानीयबासीले अपनाएको यो जुक्तिले काम गरेको छैन् । प्लास्टिक झुण्ड्यार हात्तीलाई धपाउने जुक्ती काम नगरेपछि पटका पट्काउने, थाले बजाउने, हो–हल्ला गरि रातभरी जाग्रम बस्नु पर्ने बाध्यता किसानहरुलाई आएको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ७ संसारी टोलमा अध्यारो हुनेबित्तिकै हात्ती धपाउन खेतमा व्यस्त हुन्छन् किसानहरु । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज संगै जोडिएको दोधारा चाँदनी नगरपालिकाको संसारीटोल लगाएत आसपासको बस्तीहरुमा यतिबेला जंगली हात्तीले आतंक मच्चाई रहेको छ् । निकुञ्जबाट आउने हात्तीको बथानबाट खेत र घरभित्रको खाद्यान्न जोगाउन स्थानीय बासिन्दा रातभर जाग्राम बस्न बाध्य छन् । ‘राती परेपछि हात्तीको बथान आईहाल्छन् ।

घर र खेतको बालीनाली जोगाउनै हम्मेहम्मे पर्छ’ संसारीमाई मध्यवर्ती सामुदायिक बनका अध्यक्ष राम बहादुर थापाले भने– ‘गहुँका बोट पसाउने बेला छ् । हो–हल्लाका साथै पटाका पड्काएर हात्ती धपाउने गरेका छौं ।’ झण्डै एक महिना देखि निरन्तर हात्तीको बथान आउन थालेकाले राम्ररी सुत्न नपाइएको उनको भनाई छ् । संसारी टोलको बिभिन्न स्थानमा स्थानियबासीहरु जंगली हात्तीबाट वाली जोगाउन आगोको धुनी बालेर, मादल बजाउने, गित गाउने गरेका छन् । जंगली हात्ती घर नजिकै पुग्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । स्थानीयबासीहरको अनुसार राम्रो संग सुत्न नपाएको बताएका छन् ।

उक्त स्थानमा सर्चलाईट र सायर बितरण गरिएको दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । नगरपालिका कार्यालयले सर्चलाईट र सगरमाथा मध्यवर्ती ब्यवस्थापन समितिले सायर बितरण गरेको नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो ।

दोधारा चाँदनी नगरपालिकाका स्थानीय बासिन्दा वन्यजन्तुको पीडाले हायलकायल छन् ।

ताजा समाचार