शुक्लाफाँटाको मध्यवर्ती वनमा मृत बाघ फेला

कञ्चनपुर :”कञ्चनपुर स्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको एक मध्यवर्ती सामुदायिक वनभित्र मृत अवस्थामा बाघ फेला परेको छ । आइतबार दिउँसो निकुञ्जको दक्षिणी क्षेत्र किसान मध्यवर्ती सामुदायिक वनभित्र जलेको अवस्थामा मृत बाघ फेला परेको हो ।

निकुञ्जको बागेश्वरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मोहन प्रशाद बडूले जंगलमा मृत भेटिएको बाघ जलेको अवस्थामा भेटिएको बताए । उनका अनुसार उक्त पाठे बाघ खरियोले जलेरको अवस्थामा भेटिएपछि निकुञ्ज प्रशासनले लगेको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रशासनले जलेको अवस्थामा भेटिएको बाघको कसरी जल्यो, मृत्यु भएको कारण बारे अनुसन्धान थालिने जनाएको छ ।

ताजा समाचार