दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको वडा नं. ८ धामीटोल नजिक नेपाल–भारत सिमा क्षेत्रमा भारतियहरुले एकलौटी तरिकाले नेपाली जग्गा अतिक्रमण गरेका छन् । शनिवार अबेर साँझा भारतिय सुरक्षाकर्मीहरुले नेपाल तर्फको कसैलाई जानकारी नदिई एकतर्फी नेपाली भुमी अतिक्रमण गरि सिमाङकन गरेपछि आज स्थानियबासीहरु लगाएत जनप्रतिनिधीहरुले बिरोध जनाउदै भारतिय पक्षले गरेको सिमाङकनलाई भत्काईदिएका छन् । दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सिमा स्तम्भ नं. ७ सय ९६ बट्टा २ देखि ७ सय ९७ पिल्लरको झण्डै ३ सय मिटर लम्बाई नेपाली भुमी अतिक्रमण गरिएको स्थानियबासी तमान सिंह गुरुङ्गले बताउनुभएको छ् । स्थानियबासी, सशस्त्र प्रहरी र नेपाल प्रहरीले भारतिय पक्षले एक तर्फी नेपाली भुमी अतिक्रमण हुने गरि बनाएको सिमाङकन भत्काईदिएको स्थानियबासी तमानसिंह गुरुङ्गले बताउनुभयो ।

दोधारा चाँदनी नगरपालिका भारत संग जोडिएको खुला सिमा क्षेत्र रहेको र बेला बेलामा भारतिय पक्षले नेपाली भुमी अतिक्रमण गर्ने प्रयास गर्ने कार्य नौला नभएको गुरुङ्गले बताए । नेपाली भुमी अतिक्रमण गरेको बिषयमा सबैले गम्भिर भएर भारतिय ज्यादतीको बिषयमा केन्द्रिय स्तरमा बहसको बिषय हुनु पर्ने उहाँको माँग रहेको छ् । सामाचार तयारपारुञ्जेल भारतिय सुक्षाकर्मीहरुले आफ्नो भुमी बताउदै सिमाङकन गरिएको क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधी, स्थानियबासीहरुको बाक्लो भिड छ् ।
दोधारा चाँदनी नगरपालिकाका नगरउपप्रमुख गंगा देबी जोशीले भारतियहरुले नेपाली सुरक्षाकर्मी, स्थानियबासी, जनप्रतिनिधीहरु कसै संग सहकार्य नगरि एकतर्फी सिमाङकन गरेको बिषयमा दोधारा चाँदनी नगरपालिका गम्भिर भएको बताउनुभएको छ् ।
२०२२ साल देखि धामी टोलका स्थानियबासीहरुले खेतीपाती गर्दै आएको जग्गामा नेपाली भुमी बताउदै अतिक्रमण गरेको बिषय कुनै प्रकारको सय्य नभएको नगरउपप्रमुख गंगा देबी जोशीले बताउनुभयो ।
