झलारी : शुक्लाफाँटा नगरपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिताको उपाधी सुर्योदय पव्लीक सेकेन्ड्री स्कुलले हात पारेको छ । स्कुलले १० स्वर्ण, आठ रजत र १२ काँस्य गरी ३० पदक जितेर प्रथम स्थान हासिल गरेको छ । धर्मजनता माध्यमिक विद्यालयले १० स्वर्ण, दुई रजत र चार काँस्य गरी १६ पदक जितेर दोश्रो स्थानमा रहेको छ ।

चन्द्रसुर्य सेकेन्ड्री स्कुलले पाँच स्वर्ण एक रजत र दुई काँस्य गरी आठ पदक जितेर तेश्रो स्थान प्राप्त गरेको छ । बिहीवार देखि जारी प्रतियोगिता आज सम्पन्न भएको हो । प्रतियोगितामा नगर क्षेत्रका १३ सामुदायि र छ संस्थागत गरी १९ विद्यालयले सहभागीता जनाएका थिए । प्रतियोगिताका सचिवालय संयोजक सुरेश भट्टका अनुसार प्रतियोगितामा पाँच सय ५७ छात्र र पाँच सय २० छात्रा गरी एक हजार ७७ विद्यार्थी सहभागी रहेका थिए । प्रतियोगितामा एथलेटिक्स, भलिवल, कवड्डि, कराते, लगायतका खेलहरु समावेश गरिएका थिए ।

एथलेटिक्समा रेनुका ऐरी, अविनास बिष्ट, कवड्डीमा विजय महर,लक्ष्मी भण्डारी, भलिवलमा तेज रैकाल र सन्ध्या ठगुन्नालाई प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषणा गरिएको छ । प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय हुने विद्यालय, खेलाडी र उत्कृष्ट खेलाडीलाई नगर प्रमुख रण बहादुर महरा र नगर उप प्रमुख कल्पना पन्तले मेडल, ट्रफि, कप र प्रमाण पत्र प्रदान गर्नु भएको छ । प्रतियोगिता सफल पार्न सहयोग गर्ने प्रशिक्षक, निर्णकर्ता, संघ संस्था, विद्यालय, गीत संगित नृत्य प्रस्तुत गर्ने स्थानिय कलाकारलाई पनि प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको छ ।

प्रतियोगिता समापनका अवसरमा नगर प्रमुख महराले सहयोगकर्ताहरु प्रति अभार प्रकट गर्दै कमी कमजोरीलाई सुधार गर्दै आगामी वर्षमा आयोजना हुने प्रतियोगितामा सुधार गरी परिस्कृत रुपमा कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँँले साझा उत्सवका रुपमा रहेको प्रगितयोगितालाई सबै क्षेत्रबाट सहयोग गरिएकोमा सन्तुष्टि जनाउनु भयो ।
नगर उप प्रमुख कल्पना पन्तले प्रतियोगिता भव्य, सभ्य र सहज रुपमा सम्पन्न भएकोमा सबै सहयोगकर्ता प्रति आभार व्यक्त गर्नु भयो ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेमराज बिष्टले खेलाडीको अनुशासन र नागरिक सहभागीताले प्रतियोगितालाई रोमाञ्चकारी बनाएको बताउनु भयो । यस्ता प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न सहयोग पुरयाउने उहाँले बताउनु भयो । नगरपालिकाको सामाजिक विकास समितिका संयोजक रमेश बहादुर ऐरले खेलकुदका माध्यमबाट नगरपालिका परिचित हुदै गएको बताउनु भयो । यस क्षेत्रका खेलाडीले खेलकुदका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नाम राख्न सफल रहेको बताउनु भयो । उहाँले सोही क्रममा भलिवलका उत्कृष्ट छात्रा खेलाडीलाई रु एक हजार नगद रकमले पुरुस्कृत समेत गर्नु भयो । चाडै नगरपालिकाले प्रशिक्षक सम्बन्धी कार्यविधि ल्याउन लागेको जानकारी गराउनु भयो । नगरपालिकाको खेलकुद विकास समितिका अध्यक्ष चक्र बहदुर साउदले सबै सहयोगी प्रति धन्यवाद ज्ञापन गर्नुृ भयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी शुक्लाफाँटा नगर संयोजक शिवराज भठ्ठले नगरपलिका खेलाडी उत्पादन गर्ने उर्वर भूमिका रुपमा रहेको बताउनु भयो । प्रतियोगिता समापन कार्यक्रममा सुनदेवी उपभोक्ता समितिका अध्यक्ष भरत बहादुर बिष्ट, धर्मजनता माध्यमिक विद्यालयका प्रअ हरिदत्त बाग, कृष्ण मावि व्यवस्थापन समितिका अध्यक्ष दिपकराज भट्ट कराँते प्रशिक्षक विमल खडायत, निर्णायकका तर्फबाट परमानन्द जोशी र शिक्षा शाखाका तर्फबाट सुरेश भट्ट लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन असोक बमले गर्नुृ भएको थियो ।
