राष्ट्रिय जनमोर्चा पार्टीले संघियता विरुद्ध केन्द्रीत आन्दोलन गर्ने

कञ्चनपुर : राष्ट्रिय जनमोर्चा पार्टीले संघियता विरुद्ध केन्द्रीत आन्दोलन गर्ने भएको छ । आज बसेको राष्ट्रिय जनमोर्चा पार्टी कञ्चनपुरको बैठकले संघियता विरुद्ध चैत्र २४ गते देखि ३० गते सम्म आन्दोलन गर्ने तयारी गरेको जनाएको छ । राष्ट्रिय जनमोर्चाले संघियता खोरेजीको माग गर्दै आएको छ ।

संघियताले देशको आर्थिक भार बढाउनुको साथै ठुलादलहरुले आफ्नो कार्यकर्ता पालनको लागि संघियता बनाएको आरोप लगाउदैं आएको छ । आज बसेको बैठकले ३ जना व्यापारीलाई जनमोर्चा पाटीको सदस्यता दिलाएको छ । पाटी सदस्य हुनेमा सुनचाँदी व्यवसायी संघका प्रदेश सचिव नरेन्द्र सुनार, युवा नेता विजय कार्की र उमेश मिस्त्री रहेका छन् ।

राष्ट्रिय जनमोर्चाका वरिष्ठ नगर सदस्य ईन्द्रलाल आहुजीको सभापतित्वमा प्रमुख अतिथी प्रदेश सचिव राजाराम चौधरी रहेका थिए भने कार्यक्रम सञ्चालन जिल्ला सचिव लाल बहादुर कुवरले गरेका थिए ।

ताजा समाचार