कञ्चनपुर : नेपाली काँग्रेस कञ्चनपुर भीमदत्त नगरका सभापति अच्युतराज कलौनी मृत फेला परेका छन । शनिबार बिहानतिर भीमदत्त नगरपालिका १८कटान मामाभान्जा चोक क्षेत्रमा काँग्रेस नगर सभापति कलौनी मृत फेला परेका हुन ।

बैजनाथ माध्यामिक विद्यालयका अध्यक्ष समेत रहेका काँग्रेस नगर सभापति कलौनी सडक पेटीमा घोप्टो परेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता उमेशराज जोशीले घटना स्थलमा प्रहरी पुगेर अनुसन्धान अघि बढाएको बताए ।
घर परिवारदेखि काँग्रेस नेता कार्यकर्ताहरुले घटना रहस्यमयी भएकाले छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन । शव महाकाली अस्पतालमा राखिएको छ ।
