अमिट कलेजको १५ वार्षिकोत्सव तथा अभिभावक दिवश सम्पन्न


कञ्चनपुर : अमिट कलेजले आफना्े १५ वार्षिकोत्सव तथा अभिभावक दिवश मनाएको छ । कञ्चनपुरमा रहेको पोखरा विश्वविद्यालय बाट सम्वन्धन प्राप्त अमिटि कलेजले आफ्नो १५ वार्षिकोत्सव तथा अभिभावक दिवश भव्यताका साथ सम्पन्न गरेको छ । व्यवस्थापन संकायका लागी उत्कृष्ट कलेजको परिचय वनाएको कञ्चनपुरमा रहेकोे एमिटि कलेजले आफ्नो १५ औं वार्षिकोत्सव तथा अभिभावक दिवश सम्पन्न गरेको हो । विहिवार शिक्षा क्षेत्रमा लामो समय योगदान पुर्याउनु भएका त्रिभुवन विश्वविद्यालयका पुर्व प्राध्यापक तथा प्रोफेसर चुडामणि जोशीको प्रमुख आतिथ्यता तथा कलेजका अध्यक्ष गोकुल देव भट्टको सभापतित्वमा १५ ओै. वार्षिकोत्सव तथा अभिभावक दिवश सम्पन्न गरेको हो ।

समय समयमा विभिन्न सामाजिक कार्य गर्दै आएको यस कलेजले वार्षिकोत्सव अवसरमा सामाजिक उत्तरदायीत्व वहन गर्दे मानवसेवामा समर्पित कैलालीको सहारा घरलाई रु २५ हजार र नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगत गुरु मोहनशरण देवाचार्य महाराज मार्फत भम्केनी धाममा नेपालआमाको मुर्ति निर्माणका लागी रु २५ हजार नगद सहयोग समेत प्रदान गरेको छ । उक्त वार्षिक उत्सव समारोहमा कलेजको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रिन्सिपल रविन्द्र अवस्थीले कलेज गतिविधिलाई चुस्त दुरुस्त वनाउन र विद्यार्थीहरुलाई विभिन्न स्कील सिकाउनका लागी विभिन्न क्लवहरु गठन गरिएको वताउदै १५ वर्षको अवधि सम्म पुग्दा ११ औं व्याच पास आउट भई ९ सय ३० जना दिक्षित हुन सफल रहेको वताउनु भयो ।

साथै उहाले यस अमिटी कलेज बाट शिक्षा लिएका थुप्रै विद्यार्थीहरु प्राईभेट बैंक देखि राष्ट्र बैंक सम्म सेवा गरिरहेको समेत वताउनु भयो । कार्यक्रममा उत्कृष्ट शिक्षकको रुपमा शिक्षक धनश्याम भट्टलाई नगद सहित सम्मान गरिनुका साथै लामो समयदेखि योगदान पुर्याउने शिक्षकहरु तथा विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गएिको थियो भने विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरि कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img