कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका ८तिलाचौरमा रहेको जनता बचत तथा ऋण सहकारी संस्थाको दुई पदाधिकारी सहित एक ऋण सदस्यमा निर्वाचन भएको छ । नयाँ कार्य समिति चयनका लागि जनता बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अन्य पदाधिकारी एव सदस्य निर्बिरोध चयन भएपनि अध्यक्ष, सचिव र ऋण सदस्यमा निर्वाचन भएको थियो ।

अध्यक्षमा खडक सिह विष्ट निर्वाचित भएका छन । विष्टले आफ्ना निकटत प्रतिस्पर्धी करबीर सिह ऐरीलाई ९३मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन । विष्टले ३५४, ऐरीले २६१ र अर्का अध्यक्षका प्रत्यासी नारायण सिह विष्टले २५०मत ल्याएका थिए । अध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा भएको छ । सचिवमा महादेव प्रशाद भट्ट दोब्बर बढि मतका साथ निर्वाचित भएका छन । भट्टले आफ्ना निकटतम प्रतिस्पर्धी किशनानन्द भट्टलाई भारी दोब्बर ३४४मतको अन्तरले हराउँदै सचिवमा निर्वाचित भएका छन ।
महादेवले ५६८ र किशनानन्दले २४४मत ल्याएका छन ।
यस्तै ऋण सदस्यमा मोहन सिह विष्ट निर्वाचित भएका छन । विष्टले आफ्ना प्रतिस्पर्धी देवसिह विष्टलाई १४८मतको अन्तरले हराउँदै ऋण सदस्यमा निर्वाचित भएका छन । मोहनले ४८९ र देवले ३४१मत ल्याएका छन । जिल्लाकै पुरानो उक्त जनता बचत तथा ऋण सहकारी संस्थामा निर्वाचन प्रकृयाबाट निर्वाचित अध्यक्ष खडक सिह विष्ट, सचिव महादेव प्रशाद भट्ट र ऋण सदस्यमा मोहन सिह विष्टले मतदाताको विश्वास अनुरुप काम गर्ने प्रण गरेका छन । सचिवमा भारी दोब्बर मतका साथ निर्वाचित भएका महादेव प्रशाद भट्टले आम सहकारी सदस्यले आफुमाथि गरेको विश्वास अनुरुप सहकारीको बृद्धि विकासका साथै शेयर सदस्यहरुको वित्तिय हकहितका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन । कुल १ हजार ८सय ७५ मतदाता मध्ये ९सय ८४मत खसेका थिए ।
