दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा वन्यजन्तुको आतंक दिनहुदिन बढ्दो छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३ बडुवाल टोल र वडा नं. ७ संसारी टोलहरुमा दैनिक बस्ती भित्रिने जंगली हात्तीको बथानले किसानहरु आजित भएका छन् । हात्तीको त्रासको कारण रातीको समयमा स्थानियबासीहरु जाग्रम बस्दै आएका उनिहरुले बताएका छन् । भारतिय जंगली र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज संग जाडिएको बस्तीहरुमा वन्यजन्तुहरुले किसानहरुको गहुँवालीहरु खाएर तथा उद्यनेर नष्ट गर्दै आएको छ् । गएराती दोधारा चाँदनी नगरपालिका– ७ संसारी टोलमा जंगली हात्तीको बथानले ५ जना किसानहरुको २ बिघाहमा लगाएको गहुँवाली पुर्णरुपमा नष्ट गरेको संसारीमाई मध्यवर्ती सामुदायिक बन समिति दोधारा चाँदनीका अध्यक्ष राम बहादुर थापाले बताउनुभएको छ् ।
मध्यरातमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बस्ती भित्रिएको हात्तीको बथानले ५ जना किसानहरुको गहुँवाली पुर्णरुपमा नष्ट गरेको अध्यक्ष राम बहादुर थापाले बताउनुभयो । वर्षौ देखि बस्तीमा पसेर वन्यजन्तुले किसानहरुको अन्नवाली, भौतिक क्षती बनाउदै आएपनि सरोकारवालाले कुनै प्रकारको क्षतीपुर्ती तथा राहत नदिएको संसारीमाई मध्यवर्ती सामुदायिक बन समिति दोधारा चाँदनीका अध्यक्ष राम बहादुर थापाको भनाई रहेको छ् । पिडित किसानहरुले क्षतीपुर्तीको लागी निबेदन दिदा सरकारले जग्गाको लालपुर्जा माग्ने गरेको अध्यक्ष राम बहादुर थापाले बताउनुभयो ।
कृषीमा आश्रित स्थानियबासीहरुले वन्यजन्तुले उनिहरुको अन्नवाली नष्ट गर्ने र सरकारले क्षतीपुर्ती नदिएको कारण हुन सम्म हैरानी खेप्दै आउनु परेको छ् । मध्यरातमा बस्ती भित्रिने वन्यजन्तुले कतिबेला कस्को ज्यान लिने हो भन्ने त्रास रहदै आएको स्थानियबासीहरुको भनाई रहेको छ् ।