दोधारा चाँदनीमा झण्डै ७ लाख बराबरको लसुन र चाईनिज स्टिकर बरामद

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा सशस्त्र प्रहरी बलले राजस्व छलेर भारत तस्करी गर्न लागेको अवस्थामा आज बिहान ४ बजे रु. ७ लाख १० हजार बराबरको लसुन र ६ रोल चाईनिज स्टिकर सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म देबीस्थान दोधारा चाँदनीका गुल्मपती सशस्त्र प्रहरी नायक उपरिक्षक सन्तोष बिर सिंह र सशस्त्र प्रहरी बल बिओपी सुन्दरनगरका सशस्त्र प्रहरी निरिक्षक कृष्ण बहादुर थापाको कमाण्डमा गएको गस्ती टोलीले दोधारा चाँदनी नगरपालिका– ८ सुन्दनगरको नेपाल–भारत सिमा क्षेत्रमा नेपालबाट भारत लैजान लागेको अवस्थामा ३ सय केजी लसुन र ६ रोल चाईनिज स्टिकर बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म देबीस्थान दोधारा चाँदनीका गुल्मपती सशस्त्र प्रहरी नायक उपरिक्षक सन्तोष बिर सिंहले जानकारी दिनुभएको छ् ।

सुराकीको आधारमा उक्त समान बरामद गरिएको सशस्त्र प्रहरी नायक उपरिक्षक सन्तोष बिर सिंहले बताउनुभएको छ् । बरामद समानलाई आजै आवश्यक कार्वाहीको लागी कञ्चनपुरको गड्डाचौकी भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म देबीस्थानले जनाएको छ् ।

ताजा समाचार