दोधारा । ‘सिप सिकौं, आत्मनिर्भर बनौं’ नारा सहित कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा सात दिने गुडिया बनाउने तालिम सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिकाको आयोजना र नेपाल सरकार बाणिज्य तथा आपुर्तीमन्त्रालयको गरिबी निवारणको लागी लद्युउद्यम बिकास अन्तर्गत महिलाहरुलाई सात दिने गुडिया बनाउने तालिम सम्पन्न गरिएको दोधारा चाँदनी नगरपालिका उद्यम बिकास शाखाका सहजकर्ता जयन्ती भट्ट जोशीले जानकारी दिनुभएको छ् । बेरोजगार महिलाहरुलाई रोजगार बनाउने उद्धेश्यले दोधारा चाँदनी नगरपालिका– १ वडामा रहेका महिलाहरुलाई सात दिने गुडिया बनाउने तालिम सम्पन्न गरेको सहजकर्ता जयन्ती चन्दले बताउनुभयो ।
वडा क्षेत्रमा बसोबास गर्ने २५ जना महिलाहरुलाई तालिमका सहभागी गराईएको सहजकर्ता जयन्ती भट्ट जोशी बताउनुभएको छ् । महिलालाई आर्थिक रुपले आत्मनिर्भर बनाउन उनीहरुको हातमा सीप, मनमा जिज्ञासा भर्नु आवश्यक रहेको उहाँको भनाई रहेको छ् । महिलाहरुलाई सवल बनाउन वडा कार्यालयले बिभिन्न कार्यक्रम गर्दै आएको दोधारा चाँदनी नगरपालिका– १ का वडा सदस्य तथा कार्यवाहक अध्यक्ष कृष्ण दत्त भट्टले बताउनुभएको छ् । महिलाहरुलाई आत्मनिर्भर बनाउन दोधारा चाँदनी नगरपालिकाले सीपमूलक गुडिया बनाउने तालिम सञ्चालन गरी महिलाहरुलाई आर्थिकरुपमा सवल बनाउन प्रयास गरेको वडा सदस्य कृष्ण दत्त भट्टले बताउनुभयो ।
महिलाहरु एकजुट भए मात्र महिला हिंसा समाप्त पार्न नसकिने भनाई राख्दै वडा सदस्य कृष्ण दत्त भट्टले महिला सशक्तीकरण हुनलाई आर्थिकरुपले आत्मनिर्भर हुन जरुरी रहेको बताउनुभयो । सीप मार्फत महिलाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन सकिने उहाँको भनाई रहेको छ् ।
समापन कार्यक्रममा महिलाहरुले सिकेर बनाइएका गुडियाहरु प्रदर्शन गरिएका थिए । अहिलेको महिलाहरु आफ्नै पौरखमा मिहिनेत गरेर घरमै बसेर पनि आफ्नो आर्थिक पक्ष सुधार गर्न सकिन्छ भन्ने उदाहरणको लागि र आफ्नो श्रीमानको मात्रै भर पर्नु पर्ने अवस्थालाई सुधार्दै महिला दिदी बहिनीको अवस्थालाई विकास गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् ।