प्रेस चाैतारी नेपाल कञ्चनपुर शाखाकाे आठाैँ जिल्ला अधिवेशन माघ १० मा हुने

महेन्द्रनगर : प्रेस चाैतारी नेपाल कञ्चनपुर शाखाकाे आठाैँ जिल्ला अधिवेशन माघ १० मा हुने भएकाे छ । बुधबार महेन्द्रनगरमा बसेका कार्यसमिति बैठकले कञ्चनपुरकाे आठाैँ जिल्ला अधिवेशन आउदाे माघ १० गते गर्ने निर्णय गरेकाे हाे ।
प्रेस चाैतारी नेपाल कञ्चनपुर शाखाका सचिव मदन गिरीले केन्द्रीय निर्वाचन कार्यतालिका अनुसार जिल्ला अधिवेशन घाेषणा गरिएको बताए ।

उनका अनुसार अधिवेशनलाई सफल बनाउन मुल आयोजक समितिसहित विभिन्न उप समिति गठन गरिएको छ । साथै प्रेस चाैतारी कञ्चनपुर शाखा अध्यक्ष लक्ष्मण दत्त पन्तकाे अध्यक्षतामा बसेकाे बैठकले नयाँ सदस्यता वितरण र नविकरण यहि माघ ५ गतेसम्म गरिसक्ने निर्णय समेत गरेकाे छ ।

नेकपा एमाले कञ्चनपुरका उपाध्यक्ष तथा पार्टी प्रचार विभाग प्रमुख जनकराज अवस्थीकाे प्रमुख आतिथ्यतामा बसेकाेमा प्रेस चाैतारी नेपाल केन्द्रीय कमिटीका नेताद्वय श्याम भट्ट, गणेश दत्त भट्ट, लक्ष्मण तिवारी, धर्मा राेकाया, अग्रज नेताद्वय विष्णुदत्त अवस्थी, राजेन्द्र नाथ, सुरेश सिंह धामी लगायतकाे विशेष उपस्थिति रहेकाे थियाे ।

साथै बैठकमा प्रेस चाैतारी नेपालकाे केन्द्रीय सदस्यमा मनानित भएका कञ्चनपुर पत्रकार महासंघका पुर्व अध्यक्ष लक्ष्मण तिवारीलाई सम्मान समेत गरिएको थियाे ।

ताजा समाचार