दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा ‘स्वास्थ्यको लागी खेल राष्ट्रको लागी खेल’ नारा सहित नगर स्तरिय ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता सुरु भएको छ् । दोधारा चाँदनी नगरपालिकामा १५ औं ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता सुरु भएको दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रका १२ वटा माध्यमिक तहका बिद्यालयहरुले प्रतियोगितामा सहभागी भएका छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. २ को खेल मैदानमा शनिवार देखि सुरु भएको ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता सोमवार सम्म चल्ने बताईएको छ् । प्रतियोगिताको उद्घघाटन सत्रमा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले समारोहलाई सम्बोधन गर्दै शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताउनुभएको छ् । पालिका भित्रका विद्यालयहरुलाई खेलमा सहभागी हुन प्रोत्साहनका लागि पालिकाले समय अनुकुल विभिन्न क्रियाकलाप गर्दै आएको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । नगरपालिकाले क्रिकेट र तेक्वान्दो खेलका प्रशिक्षक नियुक्त गरिने नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् ।

नगरपालिकाले खेलकूद विकासका लागि बिभिन्न प्रकारका नगर स्तरीय खेलकूद प्रतियोगिता आयोजना गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा यसलाई निरन्तरता दिईने नगर प्रमुख लिम्बुले बताउनुभयो । कार्यक्रममा मेयर लिम्बुले खेलकूद विकास समितिका लागि चालु आर्थिक वर्षमा ३० लाख बजेट विनियोजन गरिएको बताउदै नगर खेलकूद बिसका समितिलाई थप सक्रिय बनाएर अघि बढ्ने उहाँको भनाई छ् । कार्यक्रममा मन्तब्य राख्दै सुदूरपश्चिम प्रदेश सरकारका पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री मान बहादुर सुनारले दोधारा चाँदनी नगरपालिकामा खेलकुदको बिकासले फड्को मारेको बताउनुभएको छ् । नगरपालिका स्तरिय हुदै गएको बिभिन्न प्रतियोगिताले खेलको बिकासमा ठुलो सहयोग पुगेको पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री मान बहादुर सुनारले बताउनुभयो ।

दोधारा चाँदनी नगरपालिका संचालन भएको ‘राष्ट्रपति रनिङ शिल्ड’ को सफलताको कामना राख्दै पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री मान बहादुर सुनारले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा खेललाई अझ सशक्तरुपमा अगाडी बढाउन सबैको सहयोग र सहकार्यको आवश्यकता रहेको बताउनुभएको छ् । नगर खेलकूद विकास समितिका अध्यक्ष दिवान चन्दको अध्यक्षतामा संचालन गरिएको प्रतियोगिताको उद्धघाटन सत्रमा नेकपा एमाले दोधारा चाँदनीका इन्चार्ज गगन खत्री, वडाध्यक्ष पदम सिह रावल, दोधारा चाँदनी नगरपालिकाका निवर्तमान उप मेयर चिनी गिरी लगायतले शुभ कामना मन्तव्य राख्नुभएको थियो ।

प्रतियोगितामा पुरुष र महिला भलिबल सहित एथलेटिक्सका विभिन्न विधाहरुमा प्रतिस्पर्धा हुनेछन् । आयोजक संस्थाका अनुसार एथलेटिक्सतर्फ छोटो तथा लामो दूरीको दौड, हाईजम्प, लङजम्प, ज्याभलिन थ्रो, छेलो हान्ने जस्ता विधाहरु समावेश छन् ।
प्रतियोगिताका विजेतालाई शिल्ड, मेडल, र प्रमाण पत्र प्रदान गरिनेछ् । साथै, उत्कृष्ट स्थान प्राप्त गर्ने विद्यालयका खेलाडीहरुले जिल्ला, प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने अवसर पाउने व्यवस्था रहेको नगर खेलकुद बिकास समिति दोधारा चाँदनीले जनाएको छ् ।






