विपन्न बादी परिवारलाई खाद्यान्न वितरण


कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका ५ गर्जमुनीका आर्थिक रुपमा विपन्न बादी समुदायलाई आज खाद्यान्न सामग्री वितरण गरिएको छ । वडा कार्यालयको सहयोगमा पाँच बादी परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको हो । बादी समुदायलाई खाद्यान्नको समस्या भएपछि पाँच प्रकारको दाल, मसाला, नुन, तेल, दुई बोरी चामल, सोडा, सावुन लगायतको सामग्री वितरण गरिएको वडा सदस्य जित बहादुर साउदले बताउनु भयो ।

खाद्यान्न अभाव भएकाले साँझ विहानको छाक टार्न मुश्लिक हुन थालेको गुनासो लिएर बादी समुदाय पुगेपछि वडाबाट विनियोजित रु ४० हजार रकम खर्च गरेर खाद्यान्न वितरणको कार्य गरिएको उहाँले बताउनु भयो । यहाँ बसोवास गर्ने बादी समुदायले दैनिक मजदुरी गरी जिविका चलाउने गरेका छन । मजदुरी नपाउदा सम्म साँझ विहानको छाक टार्न वितरण गरिएको खाद्यान्नले सघाउ पुरयाउने श्याम कुमालले बताउनु भयो ।

“पन्ध्र दिन सम्म वितरण गरिएको खाद्यान्नले खान पुग्छ” उहाँले भन्नुभयो, “मजदुरी नपाउदा निकै तनावमा थियौं, मजदुरी खोज्दा सम्म खाद्यान्न खोज्नका लागि भौतारिदै हिडनु पर्दैन ।” वडा कार्यालयले वितरण गरेको खाद्य सामग्री पाए पछि बादी परिवारले खुसि व्यक्त गरेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img