कञ्चनपुर : कञ्चनपुरका अग्रज पत्रकार दिपेन्द्र बस्नेतलाई एक स्थानीय सरकारले सम्मान गरेको छ । पत्रकार बस्नेतलाई पुर्नवास नगरपालिका स्थानीय सरकारले सम्मान गरेको हो । बिहीबार पुनर्वास नगरको १६औँ नगर अधिवेशनबाट पत्रकार बस्नेतलाई सम्मान गरेको जनाएको छ । झण्डै दुई दशक बढि समयदेखि पत्रकारिता गर्दै आएका पत्रकार बस्नेतले कञ्चनपुर सहित पुनर्वास नगरको आर्थिक, समाजिक, राजनैतिक बृद्धि विकासका साथै समजित हितका लागि काम गरेको भन्दै नगरपालिकाले सम्मान गरेको हो ।
पत्रकार बस्नेतलाई पुनर्वासका मेयर तोय प्रशाद शर्माले दोसल्ला प्रमाण पत्र प्रदान गरेर सम्मान गरेका छन । बस्नेत ०५८ देखि पत्रकारितामा सक्रिय पत्रकार बस्नेत कञ्चनपुरको दक्षिणी क्षेत्रबाट पहिलो सञ्चार माध्यम नागरिक आवाज साप्ताहिकका प्रधान सम्पादक हुन । उनी प्रेस यूनियन सुप प्रदेशका नेता भएपनि सबै विचारधारा राख्ने पत्रकारको हकहितका लागि कटिबद्ध छन ।
अग्रज पत्रकारलाई पालिकाले सम्मान गरेपछि पुनर्वास नगर सहित जिल्ला सहित प्रदेशका पत्रकारले उनलाई बधाई तथा शुभकामना दिईरहेका छन । स्थानीय सरकारको सम्मानले थप समाजिक क्षर््ोत्रमा काम गर्ने उर्जा र जिम्मेबारी थपिदिएको पत्रकार बस्नेतको भनाई छ । यस अघि पनि उनले स्थानीय, प्रदेश र केन्द्रीय स्तरका विभिन्न सरकारी, गैर सरका।री निकायबाट सम्मान पुरस्कार पाउँदै आएका थिए र