२६ पुषदेखि कञ्चनपुरमा १७औँ एन प्याब्सन महोत्सव हुँदै

कञ्चनपुर : २६ पुष आउँदो शुक्रबारदेखि महेन्द्रनगरमा १७ औँ नेशनल प्याब्सन जिल्ला स्तरिय महोत्सव हुने भएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन(एन प्याब्सन) नेपाल कञ्चनपुरको आयोजनामा नेशनल प्याब्सन जिल्ला स्तरिय महोत्सव हुने भएको हो । भीमदत्त नगरपालिका ४महेन्द्रनगर खुला मञ्चमा हुने एन प्याब्सन महोत्सव महोत्सवको तयारी तिव्रं रुपमा अघि बढेको आयोजकले जनाएको छ । एन प्याब्सन कञ्चनपुरका बरिष्ठ उपाध्यक्ष समेत रहेका खेल संयोजक बलदेव भट्टले गत विगतका बर्षहरु झै यस बर्षपनि खेल महोत्सव हुन लागेको बताए । उनले चार तहमा प्रतियोगिता हुने भएको छ ।

छात्र,छात्रा विच लङजम्प, हाईजम्प, सर्टफुट, भलिबल, १सय, २सय ४सय मिटर दौड प्रतियोगिता हुने भएको छ ।जिल्लाभरीका २सय ४२ खेलाडीविच प्रत्यक्ष प्रतिस्पर्धा गराईनेछ । हालसम्म जिल्लाभरीका ५५ विद्यालय रजिष्ट्रड भएका छन । प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय विजेता विद्यालयका खेलाडीलाई पुरस्कार प्रदान गरिनेछ । महोत्सव उद्घाटन पुर्व सन्ध्यामा हजारौँ विद्यार्थीको संख्यामा मार्चपास सहित मञ्चमा उद्घाटन गरिनेछ । एनप्याब्सन कञ्चनपुरका कोषाध्यक्ष सुर्य बहादुर चन्दले महोत्सवमा झण्डै १० लाख खर्च हुने बताए । कोषाध्यक्ष चन्दका अनुसार एनप्याब्सन सदस्य विद्यालयबाट सहभागि शुल्क संकलन गरिनेछ । एन प्याब्सन कञ्चनपुरका सचिव कुबेर खडकाले विगतका बर्षहरु भन्दा बर्ष थप पुरस्कृत बनाईने बताए ।

सचिव खडकाले एन प्याब्सनमा आबद्ध रहेका १३२ विद्यालय मध्ये अधिकाँस विद्यालय सहभागि हुने विश्वास व्यक्त गरेका छन । एन प्याब्सन कञ्चनपुरका अध्यक्ष सत्येश बहादुर चन्दले गृहमन्त्री रमेश लेखकको प्रमुख आथित्यका कार्यक्रम उद्घाटन गरिने र लगत्तै प्रतियोगिता शुरु हुने बताए । ‘प्रतियोगिताले विद्यार्थीको पढाईका अतिरिक्त थप खेलकुद माध्यमबाट बृद्धि विकास हुनेछ, ‘उनले भने, ‘प्रतियोगिताबाट खेल खेलाडीको उत्पादन हुनेछ ।’ एन प्याब्सन महोत्सवले कञ्चनपुर खेलकुदमय बन्ने उनले बताए । २९पुषसम्म संचालन हुने महोत्सवमा जिल्लाभरीका हजारौँ विद्यार्थी सहित शिक्षक, अभिभावकको सहभागिता हुनेछ ।

ताजा समाचार