२२ सटरवाला व्यवसायीले भने, स्थानीय सरकारले हामीसंग गरेको सम्झौता अनुरुप सोही स्थानमा पुर्नस्थापना गर्नुपर्छ


कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका ४महेन्द्रनथगर स्थित मदन चोकमा रहेका २२सटरवाला व्यवसायीहरुले आफुहरुसंग विगतमा भीमदत्त नगरपालिका स्थानीय सरकारले गरेको सम्झौता बाचा अनुरुप पुर्नस्थापना गर्नुपर्ने बताएका छन । बुधबार महेन्द्रनगरमा व्यवसायीहरुले पत्रकार सम्मेलनत गर्दैै सडक विस्तारका क्रममा आफुहरुलाई त्यहाँबाट ठाँउ खाली गरेर बचेको स्थानमा मापदण्ड पुगे पुर्नस्थापना गर्ने गरेको बाचा एव पालिकाले गरेको निर्णय कार्यान्वयन गर्दैै पुर्नस्थापनाको माग अघि सारेका हुन । उनीहरुले आफुहरु कुनैपनि भूमि अतिक्रमणकारी नभई बषौँदेखि नगरविकास समितिलाई भाडा तिरेर कारोबार गर्दै आएको बताउँदै सडक विस्तारका क्रममा आफुहरुसंग गरेका बाचा नभुल्न समेत भीमदत्त नगरका जनप्रतिनिधीको ध्यानाकर्षण गराएका छन ।

व्यवसायी नारायण दत्त पन्तले एडिबीले सडक विस्तारका क्रममा सडक, ढल र फुटपात निर्माण गरेपछि बचेको जमिनमा सटर बनाएर आफुहरुको पुर्नस्थापना गर्नुपर्ने बताए । उनले आफुहरुसग जनप्रतिनिधीको गरेको बाचादेखि निर्णय नम्बर ४कार्यान्वयन गर्नुपर्ने आग्रह गरेका छन । पन्तले सबै सरचना बनाएर १०फिट जमिन बच्ने भएकाले उक्त जमिनमा एडिबीका ईन्जिनियर ग्रिश चन्द, भीमदत्त नगरका प्राविधिकहरुले सटर बनाउन मापदण्ड पुग्ने भन्दै आएपनि निर्माण कार्य ढिलाई गरेको बताए । अर्का व्यवसायी मान बहादुर कार्कीले उतिबेला सडक विस्तारका क्रममा आफुहरुलाई दिएको आश्वासन अनुरुप पालिका पछाडी हटेको बताए ।

उनले १०फिट जमिन बचिरहेको भन्दै उक्त जमिनमै पुर्नस्थापना गरेर कारोबार गर्न वातावरण मिलाईदिनुपर्ने बताए । ‘यो हामी २२सटरवाला व्यवसायीको मात्रै विषय होईन, हामीसंग घरपरिवार पनि जोडिएका छन, ‘उनले भने, ‘हामी स्वरोजगारवाला व्यवसायीको समाजिक हितका लागि समेत पालिका सरकार गम्भिर हुनुपर्ने जरुरी छ ।’ अर्का व्यवसायी रमेश भट्टले एडिबीकको नक्सा अनुरुप मापदण्ड पुगिरहेको दावि गर्दै अब पालिकाले आनाकानी गर्न नहुने तर्क राखेका छन । व्यवसायीहरुले आफुहरुलाई चौपट बनाईरहेको भन्दै न्यायको आग्रह गर्दै सटर पुर्ननिर्माण नभए पालिका बिरुद्धमा आन्दोलनको चेतावनी दिएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img