दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापनका लागि निरन्तर रुपमा पहल गरिरहेको छ् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले आगामी दिनमा आउन सक्ने संभाव्य विपद्बाट पालिकाबासीलाई जोगाउन र उनिहरुलाई उत्थानशील बनाउनका निम्ति निरन्तर रुपमा काम गरि रहनु भएको छ् । यसै क्रममा मेयर लिम्बुले नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरु र सुदृढ परियोजनाका कार्यक्रम संयोजक राज कुमार सुनार संग भेट गरि विपद् जोखिम न्युनीकरण, प्रतिकार्य र पूर्वसुचना प्रणालीलाई थप व्यवस्थित बनाउने विषयमा छलफल गर्नुभएको छ् ।

साथै उत्थानशील युवा सञ्जालको क्षमता अभिवृद्धि र उनिहरुको परिचालनका विषयमा समेत छलफल गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले दोधारा चाँदनी नगरपालिका बाढीजन्य विपद्को उच्च जोखिममा रहेको बताउनुभयो । उहाँले विपद् जोखिम न्युनीकरण, प्रतिकार्य साथै पूर्वसुचना प्रणालीलाई थप व्यवस्थित बनाउने विषयमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) साग छलफल भएको बताउनुभयो । उहाँले महाकाली तटिय क्षेत्रमा बसोबास गर्ने बासिन्दाको जीविकोपार्जनको लागि आगामी दिन नयाँ योजना बनाउने विषयमा समेत छलफल गरिएको जानकारी दिनुभयो ।

मेयर लिम्बुले एनएनएसडब्ल्यूए लगाएतका सहयोगी संस्थाहरुको सहयोगले गत असारको ठूलो बाढीबाट दोधारा चाँदनीबासीलाई बचाउन सफल भएको तर्क गर्नुभयो । मेयर लिम्बुले बाढी प्रभावितहरुलाई राहत स्वरुप खाद्यान्न र नगद वितरण कार्यमा एनएनएसडब्ल्यूएले सहनिय कार्य गरेको बताउनुभयो । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले दोधारा चाँदनीमा विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापनका लागि एनएनएसडब्ल्यूएले विगत लामो समय देखि काम गर्दै आएको बताउनुभयो । उहााले आगामी दिनमा समेत संस्थाले पालिकासाग सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीए नेपालको साँझेदारीमा सञ्चालित सुदृढ परियोजनाका कार्यक्रम संयोजक राज कुमार सुनारले परियोजनाले विपद् व्यवस्थापन संगै विपद्को जोखिममा रहेको समुदायको जीविकोपार्जनमा समेत काम गर्दै आएको बताउनुभयो ।
उहाँले आगामी दिनमा पालिका संगको सहकार्यमा थप कार्यक्रमहरु गरिने बताउनुभयो ।






