दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिमा रहेको नगर अस्पतालको अनुगमन गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले नगर अस्पतालको आकस्मिक अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा नगर प्रमुख किशोर कुमार लिम्बुले अस्पतालमा रहेका बिरामीलाई दिईने उपचार सेवा, अस्पतालमा विरामीको लागी औषधीको प्रयाप्तता, चिकित्सा सामग्रीहरुको उपल्ब्धता लगाएतका विषयको जानकारी लिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख तथा नगर अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष किशोर कुमार लिम्बुले बताउनुभयो । दोधारा चाँदनी नगर अस्पताललाई नमुना अस्पतालका रुपमा विकास गर्ने लक्ष्य लिएको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् ।
अस्पताल भित्रको फार्मेसी, ल्याब, बहिरंग विभाग, आकस्मिक उपचार कक्षलाई थप आधुनिक बनाउन अझै आवश्यक रहेको नगर प्रमुख लिम्बुले बताउनुभयो । अनुगमनमा उपचार गर्न आएका बिरामी र सवास्थ्यकर्मी संग अस्पतालमा भईरहेको सेवा सुबिद्याको बारेमा नगर प्रमुख किशोर कुमार लिम्बुले छलफल गर्नुभएको थियो । विज्ञहरुको सुझाव अनुसार आफूहरुले अस्पताललाई समय–समयमा आवश्यक स्वास्थ्य उपकरण खरिद गर्दै आईरहेको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । अस्पतालमा अहिले विगतका भन्दा सेवा प्रवाहमा आएको परिवर्तन संगै सेवाग्राहीको भिड समेत दिनानुदिन बढ्दै गईरहेको अस्पताल प्रयोगशाला प्रमुख हर्क बहादुर कुँवरले बताउनुभएको छ् । अस्पतालमा ईमरजेन्सी, ल्याब, फार्मेसी, वर्थिङ सेन्टर, भिडियो एक्स–रे लगाएत सेवा दिदै आएको दोधारा चाँदनी नगर अस्पताल प्रयोगशाला प्रमुख हर्क बहादुर कुँवरले बताउनुभयो ।
अस्पतालले दिने सेवा अहिले आएर आधुनिक भएको प्रयोगशाला प्रमुख हर्क कुँवरले बताउनुभयो । अस्पताललाई थप व्यवस्थित गर्ने र भरपर्दो स्वास्थ्य संस्थाको रुपमा विकास गरिने कार्य भईरहेको उहाँले बताउनुभएको छ् । बिगतमा दिनहरुमा सिमावर्ती भारतिय बजारका महंगा अस्पतालमा उपचार गर्न जाने समस्या टरेर गएको स्थानियबासीहरुले बताएका छन् ।
अस्पतालमा दैनिक सय भन्दा बढी बिरामीहरु उपचार गर्न आउने गरेको अस्पतालमा शल्यक्रियाबाट प्रसूती सेवा, राष्ट्रिय क्षयरोग कार्यक्रम अन्तर्गत जिन एक्सपर्ट (टिवीपिसिआर) सेवा पनि संचालनमा रहेको अस्पताल प्रशासनले जनाएको छ् ।
स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन नगर क्षेत्रका लागी १५ सय्याको आधुनिक सुबिद्या सम्पन्न अस्पताल निमार्ण क्रममा रहेको छ् ।