राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु : खेलकुदमय बन्यो बेलडाँडी


कञ्चनपुर : कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । बुधबारदेखि बेलडाँडीमा १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको हो । रौलेश्वर माध्यमिक विद्यालयको प्राङ्गणमा प्रतियोगिताको उद्घाटनसंगै बेलडाँडीमा खेलकुदमय माहोल बनेको छ । सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा विद्यायन समिति संयोजक दिवान सिहं विष्टले प्रतियोगिता उद्घाटन गर्दैै खेलकुदबाटै देशको विकासमा जोडदिएका छन ।

बिष्टले खेलकुदले अहिले कञ्चनपुरलाई विश्वमा चिनाएको भन्दै तपाइहरुले पनि यसरी नै बेलडाँडीलाई खेलकुदमा नामले चिनाउनुहुने छ भन्ने आशा व्यक्त गर्नु भयो । उनले भने बेलडाँडीका राजनितिक दललाई भने खेल मैदानका लागि तपाईहरुले पहल गर्नुस म प्रदेशबाट बजेट विनियोजित गरिदिने बताए । अवको अर्को राष्ट्रपति रनिङ सिल्ड सिल्ड आफ्नै खेलमैदानमा भएको देख्न चाहने बताए । बेलडाँडी खेलकुद समितिको आयोजनामा प्रतियोगिता शुरु गरिएको थियो । बेलडाँडी खेलकुद समितिका अध्यक्ष डम्बर सुनारका अनुसार, प्रतियोगिताले खेलकुदमा विद्यार्थीहरूको रुचि बढाउनुका साथै नेतृत्वदायी क्षमताको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो । खेललाई सफल बनाउन सबैपक्षको साथ सहयोग रहेको उनले बताए ।

बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले “राष्ट्रपति रनिङ शिल्डजस्ता प्रतियोगिताले विद्यार्थीहरूको समग्र विकासका लागि महत्वपूर्ण प्लेटफर्म भएको बताउदै बेलडाँडीले पछिल्लो समय खेलकुदमा अघि बढिरहेको बताउदै सबैपक्षबाट खेलमैदान निर्माणको लागि सहयोग भइरहेको बताए । खेलकुदको विकासका लागि पालिका लागि परेको समेत बताए । “पालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिन र खेलकुदको विकासका लागि आवश्यक स्रोतसाधनको व्यवस्थापन गर्न हरसम्भव प्रयास गर्नेछ । यस प्रतियोगिताबाट नयाँ प्रतिभाहरू पहिचान गरी राष्ट्रिय स्तरसम्म पुर्याउन मद्दत मिल्नेछ।“ कार्यक्रममा स्वागत मनतब्य राख्दै बेलडाँडी शिक्षा साखा प्रमुख भानुभक्त जोशीले विद्यार्थीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्न प्रोत्साहन गर्नुका साथै शिक्षक, अभिभावक, खेलकुद समिति र आयोजकहरूलाई सफल कार्यक्रमका लागि धन्यवाद व्यक्त गर्दै स्वागत गर्नुभयो ।

समापन समारोहमा विजेतालाई ट्रफी, पदक, तथा प्रमाणपत्र वितरण गरिनेछ आयोजकले जनाएको छ । प्रतियोगितामा बेलडाँडीका ६ सामुदायिक विद्यालय र ३ संस्थागत विद्यालयको सहभागिता रहेको थियो । पहिलो दिनको मार्चपासमा सरस्वती माध्यमिक विद्यालय झनासागर पहिलो, कञ्चन ग्यालेक्सी पब्लिक स्कुल दोस्रो र रौलेश्वर माध्यमिक विद्यालय तेस्रो भएको थियो । प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कबड्डी, लङ जम्प, हाइजम्पजस्ता विभिन्न खेलहरू समावेश गरिएका छन् । प्रत्येक विद्यालयबाट छानिएका उत्कृष्ट विद्यार्थीहरूले प्रतिस्पर्धा गरिरहेका छन् । तीन दिनसम्म सञ्चालन हुने यस प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूलाई जिल्लास्तरको प्रतियोगिताका लागि छनोट गरिनेछ।


Loading Viewer...

ताजा समाचार

spot_img