सुप प्रदेश फुटबल संघद्वारा दुई खेलाडीको कार्बाही फुकुवा


कञ्चनपुर: सुदूरपश्चिम प्रदेश फुटबल संघले दुई खेलाडीको कार्बाही फुकुवा गरेको छ । प्रदेश फुटबल संघका अध्यक्ष दिनेश श्रेष्ठले एक अघि अनुशासनको कार्बाहीमा परेका दुई महिला फुटबल खेलाडीको कार्बाही फुकुवा गरिएको बताए ।

अध्यक्ष श्रेष्ठले यस अघि गत असोजमा काठमाण्डौँमा सम्पन्न भएको राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा खेल्न नगई बबण्डर मच्चाएको भन्दै फुटबल महिला क्याप्ेटन अन्जली चन्द र चौधरी सहितका खेलाडीलाई कार्बाही गरिएको थियो । केही खेलाडीको यस अघि नै कार्बाही फुकुवा गरेपनि क्याप्टेन चन्द र उप क्याप्ेटन अञ्चली चौधरीको अहिले गरिएको बताए ।

उनीहरुले गल्ती गरेको संघप्रति कसैको उस्काहटमा परेर धोका दिएको भन्दै संघमा माफि मागेपछि खेलाडीको भविष्यका लागि कार्बाही फुकुवा गरेको बताए । कार्बाही फुकुवा भएपछी चन्द र चौधरी हर्षित भएका छन । ‘उनीहरुले प्रतियोगिता खेल्न नमानेपछि हामीले तत्तकालै अन्य खेलाडी खोजेर पठाउन बाध्य भयौँ, ‘अध्यक्ष श्रेष्ठले भने, प्रदेशबाट टिम नपठाउँदा समेत हामीमाथि कार्बाही हुनेथियो, त्योबाट बाँच्न समेत अर्का खेलाडी पठाउन बाध्य भएका हौँ ।’


Loading Viewer...

ताजा समाचार

spot_img