कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका ४ महेन्द्रनगर स्थित मदन चोकमा रहेका २२ सटरका विषयमा उद्योग वाणिज्य संघ, जनप्रतिनिधी र व्यवसायीविच छलफल भएको छ । सोमबार वाणिज्य संघमा २२सटरवाला व्यवसायी, वाणिज्य संघका पदाधिकारी र जनप्रतिनिधीविच छलफल भएको हो । व्यवसायी नारायण पन्तले आफुहरुको त्यही स्थानमा पुर्नस्थापना गर्नुपर्ने बताए । सडक,ढल र फुटपातबाट बाँचेको जमिनमा आफुहरुलाई पुर्नस्थापनाका लागि वाणिज्य संघले पहल गर्नुपर्ने बताए । ‘आज एडिबीका ईन्जिनियर ग्रिस चन्द सहितको भीमदत्त नगरपालिकाको प्राविधिक टोली आएर नापजाँच गरेको छ, ‘उनले भने, ‘हामीलाई पुग्ने उहाँले बताएका छन, अब पालिका र वाणिज्य संघले पहल गरिदिनुप¥यो ।’

कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वर बोहराले विगतमा उक्त २२सटरवाला व्यवसायीहरुलाई हटाउनका लागि तत्तकालिन भीमदत्त नगरपालिकाले ४ मिटर पछाडी खानेपानीको जमिन विस्तार गर्ने निर्णय कार्यान्वयन गरेरै पनि व्यवसायीको पुर्नस्थापना गर्नुपर्ने बताए । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले व्यवसायीहरुमाथि पालिका सरकारले अन्याय गर्नन हुने तर्क राखेका छन । उनले निकास दिनुपर्ने, खानेपानीको जमिन विस्तारमा जोडदिएका छन । भीमदत्त नगरका प्रवक्ता पदम राज अवस्थीले व्यवसायीको माग अनुरुप पालिकाले खानेपानीको जमिन विस्तार गर्नका लागि पालिकाबाट निर्णय गरेर संघीय सरकारलाई पठाउने बताए । गत बर्ष सडक विस्तारका क्रममा व्यवसायीहरुलाई पुर्नस्थापना गर्ने सर्तमा हटाएको थियो ।







