विपद् जोखिम न्यूनीकरणको लागी वाल क्लबलाई ३ दिने तालिम

दोधारा । विपद् जोखिम न्युनिकरणको लागी कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा वाल क्लवका पदाधिकारीहरुलाई ३ दिने तालिम संचालन गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ९ मा रहेको अम्बिका माध्यमिक बिद्यालयको आयोजना र निड्स नेपाल तथा अक्सफाम नेपालको सहयोगमा अम्बिका वाल क्लवका पदाधिकारीहरुलाई ३ दिने विपद् जोखिम न्युनिकरण सम्बन्धी तालिम सुरु गरिएको निड्स नेपाल कञ्चनपुरका कार्यक्रम संयोजक ईश्वर उपाध्यायले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ८, ९ र १० वडाका समुदायलाई लक्षित गरि तालिम संचालन गरिएको कार्यक्रम संयोजक ईश्वर उपाध्यायले बताउनुभयो । तालिमले आफु, परिवार र समुदायलाई सुरक्षित राख्न मद्धत पुग्ने निड्स नेपाल कञ्चनपुरका कार्यक्रम संयोजक ईश्वर उपाध्यायले विश्वास ब्यक्त गर्नुभएको छ् । दोधारा चाँदनी नगरपालिकाको विपद्को जोखिम रहेका वडा तथा टोललाई लक्षित गर्दै जोखिम न्युनिकरणको लागी संस्थाले बिभिन्न कार्यक्रम गर्दै आएको उहाँले बताउनुभएको छ् । दोधारा चाँदनी नगरसपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले गैरसरकारी संस्थाको सहयोग र सहकार्यमा बाढीको बेला जोखिम न्युनिकरण गर्न सफल भएको बताउनुभएको छ् । दोधारा चाँदनीमा केही महिना अघि २४ घण्टामा ६ सय २४ मिलिमिटर वर्षा भएको थियो ।

रेकर्ड ब्रेक गर्ने गरि आएको वर्षा संगै बाढीमा सबैको सहयोगले विपद् जोखिम न्युनिकरण गर्न नगरपालिका सफल भएको नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । नगरपालिका क्षेत्र भित्र विपद्बाट हुन सक्ने जोखिमलाई न्युनिकरण गर्दै आफ्नो समुदायको अमुल्य जिवन, धन सम्पत्ति तथा सार्वजनिक सम्पत्तिको संरक्षण गर्न मानवीय सिद्धान्त, लैंगिक समानता र सामाजिक समावेशितालाई समेत आत्मसात गर्दै दोधारा चाँदनी नगरपालिकाले क्रियाशिलरुपमा कार्य गर्दै आएको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् ।

विपद् न्यूनीकरण र प्रतिकार्यका लागि समुदायलाई जागरुक बनाउनको साथै विपद् सम्बन्धी शिक्षा दिन आवश्यक भएकाले तालिम उपलब्धिमूलक हुने कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी पर्शुराम पोखरेलले बताउनुभएको छ् । जलवायु परिवर्तन र वातावरणीय संरचनाका कारण नेपाल प्राकृतिक एवम् मानव सिर्जित विपद्को उच्च जोखिममा रहेकाले यसबाट बच्न सामूहिक प्रयासको खाँचो रहेको सहायक प्रमुख जिल्ला अधिकारी पर्शुराम पोखरेलले बताउनुभयो । स्थानिय समुदायको क्षमता विकास गर्न सकिएमा मात्रै विपद् जोखिम न्यूनीकरणका प्रयास सार्थक हुनेमा सहायक प्रमुख जिल्ला अधिकारी पर्शुराम पोखरेलले बताउनुभएको छ् ।

तालिमको दायरा हरेक गाँउ, टोलमा पुर्‍याउन सके विपद्का घटनालाई कम गर्न सकिने उहाँको भनाई रहेको छ् । अम्बिका माध्यमिक बिद्यालयमा गठित बिद्यालय स्तरिय वालक्लवका २५ जना बिद्यार्थी, २ जना शिक्षकलाई ३ दिने तालिममा सहभागी गराईएको निड्स नेपाल कञ्चनपुरले जनाएको छ् । तालिममा कृत्रिम अभ्यास समेत संचालन गरिने बताईएको छ् ।

ताजा समाचार