महेन्द्रनगर जेसीजको अधिवेशन शुरु


कञ्चनपुर : महेन्द्रनगर जेसीजको अधिवेशन शुरु भएको छ । शनिबारदेखि जेसीजको ३औँ शाखा अधिवेशन शुरु भएको छ । महेन्द्रनगर जेसीजका पूर्व अध्यक्ष एव निर्वाचनका आयुक्त हरिश भट्टले औपचारिक रुपमा अधिवेशन शुरु भएको बताए ।

महेन्द्रनगर जेसीजका अध्यक्ष जानकी रोकायाको अध्यक्षमा शुरु भएको अधिवेशनमा पूर्व अध्यक्ष धर्मानन्द भट्टको प्रमुख आथित्यमा भएको थियो । कार्यक्रममा महेन्द्रनगर जेसीजका पुर्व पदाधिकारी सहितको सहभागिता रहेको थियो । युवा नेतृत्वदेखि क्षमता विकासका क्षेत्रमा काम गर्दै आएको जेसीजको नयाँ नेतृत्व चयन हुनेछ ।


Loading Viewer...

ताजा समाचार

spot_img