दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा रहेको उन्नतीशिल साना किसान सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ् । सुक्रवार एक कार्यक्रमको बिच साधारण सभा सम्पन्न भएको हो । सहकारी संस्थाका अध्यक्ष पुर्ण बहादुर बुढाको सभापतित्वमा आयोजित साधारण सभाका प्रमुख अतिथी दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख गंगा देबी जोशी रहनुभएको थियो । सभामा सहकारीको सफलता संगै उत्तरोत्तर प्रगतीको शुभकामना व्यक्त गर्दै दोधारा चाँदनी नगरपालिका– ८ का वडाध्यक्ष ओंमप्रकाश रोकायाले ग्रामिण भेगका बासिन्दाको जिवनस्तर उकास्न सहज बनाउन जिवनको साहारा उन्नतीशिल साना किसान कृषी सहकारी भएको भन्दै प्रसंसा गर्नुभएको छ् ।
वडाध्यक्ष ओंमप्रकाश रोकायाले उन्नतशिल सहकारी संस्थाले सदस्यहरुको हितमा दैनिक आय आर्जनमा सहज बनाउने लगाएत थुप्रै कार्यहरुमा निरन्तरता दिदै आईरहेको बताउनुभयो । संस्थाका अध्यक्ष पुर्ण बहादुर बुढाले संस्थाले किसानहरुलाई आत्मनिर्भर बनाउन प्राथमिकता दिएर खेती, पशुपालन गर्ने सदस्यहरुलाई कम ब्याजमा ऋण उपलब्ध गराउदै आइरहेको बताउनुभएको छ् । सहकारी संस्थाका अध्यक्ष पुर्ण बहादुर बुढाले घरमा मात्र सिमित नहुने गरी महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले साना किसान सहकारीले संस्थामा आबद्ध गराएको बताउनुभयो । सभामा साना किसान सहकारी संस्था अध्यक्ष पुर्ण बहादुर बुढाले सहकारीले विपन्न, गरीब दलित वर्गका व्यक्तित्वहरुलाई एक सूत्रमा बाँधेर सदस्यहरुको जिवनस्तर उकास्न सहज बनाउने कार्य गर्दै आईरहेको बताउनुभएको छ् ।
सभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत संस्थाका अध्यक्ष पुर्ण बहादुर बुढाले प्रस्तुत गर्नुभएको थिए भने संस्थाको आय व्यय प्रगति प्रतिवेदन प्रस्तुत संस्थाका प्रवन्धक निर्देशक रवि रानाले प्रस्तुत गर्नुभएको छ् । ९ सय ६४ शेयर सदस्य रहेको संस्थामा रु. १ करोड ६४ लाख छ्यानब्बे हजार ५ सय ६० रुपिँया निक्षेप, रु. २ करोड १५ लाख ऋण लगानी र रु. २७ लाख आम्दानी रहेको संस्थाका प्रवन्धक निर्देशक रवि रानाले बताउनुभएको छ् ।
संस्थाको १३ औं वार्षिक साधारण सभामा शेयर सदस्य, बिभिन्न संघ–संस्थाका प्रतिनिधीहरु, पधाधिकारी लगाएत समाजसेवी व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उत्कृष्ट किसान, शेयर सदस्य, बचतकर्ता लगाएत संस्थालाई बिभिन्न समयमा सहयोग पुर्याउने ब्यक्तीहरुलाई सम्मान गरिएको संस्थाले जनाएको छ् ।