दोधारा । मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुलाई वैकल्पिक जिविकोपार्जनको लागी बिउ पुँजी हस्तान्तरण गरिएको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा ३ वटा वन्यजन्तु प्रभावित समुहहरुलाई विउ पुँजी रकम एक कार्यक्रमको बिच हस्तान्तरण गरिएको जोलोजिकल सोसाईटी अफ लण्डन (जेडएसएल) कञ्चनपुरका कार्यक्रम अधिकृत सन्तोष पौडेलले जानकारी दिनुभएको छ् । मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुको द्धन्द्ध चलिरहेको अवस्थामा वन्यजन्तु प्रभावित समुदायका बासिन्दालाई उनिहरुको जिविकोपार्जनमा सहजताको लागी दोधारा चाँदनी नगरपालिकाका छनौट भई गठन भएका वैकल्पिक जिविकोपार्जन समुहहरुलाई प्रति समुह रु. ५ लाख ४४ हजार ५ सय रुपिँया विउ पुँजी रकम हस्तान्तरण गरिएको जोलोजिकल सोसाईटी अफ लण्डन (जेडएसएल) कञ्चनपुरका कार्यक्रम अधिकृत सन्तोष पौडेलले बताउनुभयो ।
दोधारा चाँदनीका ३ वटा वैकल्पिक जिविकोपार्जन समुहलाई उनिहरुको वैकल्पिक जिविकोपार्जनको लागी विउ पुँजी रकम हस्तान्तरण गरिएको जोलोजिकल सोसाईटी अफ लण्डन (जेडएसएल) कञ्चनपुरका कार्यक्रम अधिकृत सन्तोष पौडेलले बताउनुभएको छ् । आगामी दिनहरुमा समेत वन्यजन्तु प्रभावित समुदायका बासिन्दाहरुलाई वैकल्पिक जिविकोपार्जनमा प्रेरित गर्दै जाने संस्थाको योजना रहेको कार्यक्रम अधिकृत सन्तोष पौडेलले बताउनुभयो । वन्यजन्तु पिडित भएका बासिन्दाहरुलाई छनौट गरि वैकल्पिक जिविकोपार्जन समुहहरु गठन गरि उनिहरुको वैकल्पिक जिविकोपार्जनको लागी योजना तर्जुमा गरिएको दोधारा चाँदनी नगरपालिकामा रहेको हिमालय मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष पदम बहादुर सिंहले बताउनुभयो ।
जेडएसएलले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा सुरुवातीरुपमा कार्यक्रम अघि बढाएको हिमालय मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष पदम बहादुर सिंहले बताउनुभएको छ् । यस अघि पनि राष्ट्रिय प्रकृतिक संरक्षण कोष (एनटीएनसी) लगाएत दातृ निकायहरुले वन्यजन्तु प्रभावित भएका समुदायका बिभिन्न प्रकारको सहयोग गर्दै आएको बताउनुभयो । यस्तै वैकल्पिक जिविकोपार्जन समुहहरुलाई विउ पुँजी रकम हस्तान्तरण कार्यक्रममा आफ्नो बिचार ब्यक्त गर्दै दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले जेडएसएलले सुरुवाती चरणमा वन्यजन्तु प्रभावित भएका समुदायलाई वैकल्पिक जिविकोपार्जनमा गरेको ससहयोग उत्साहजन रहेको बताउनुभएको छ् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको संरक्षित वन्यजन्तुको कारण दोधारा चाँदनी नगरपालिकाका बासिन्दा प्रभावित बन्दै आएको बताउदै नगरप्रमुख किशोर कुमार लिम्बुले मानव र वन्यजन्तु बिच चलिरहेको द्धन्द्धलाई रोक्न दोधारा चाँदनी नगरपालिकाको पहल जारी रहेको बताउनुभयो । वन संरक्षण संगै वन्यजन्तुको संख्या बढ्दा मानव र वन्यजन्तुको सुमधुर सह–अस्तित्व संगै एकापसमा द्वन्द्व पनि बढ्दो क्रममा रहेको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो ।
द्वन्द्व बढ्नुमा मानव र वन्यजन्तु दुवै उत्तिकै जिम्मेवार रहेको र जनावरका कारण मानव समुदायमा मानिस घाइते, अंगभंग तथा मृत्यु हुने, पशुधनको क्षति, घरगोठको नोक्सानी, अन्नबाली, फलफूल, भण्डारण गरेको अन्नपात समेतको क्षति हुदै आएको नगरप्रमुख लिम्बुको भनाई रहेको छ् ।
जोलोजिकल सोसाईटी अफ लण्डन (जेडएसएल) गरेको वैकल्पिक जिविकोपार्जन समुहहरुलाई विउ पुँजी रकम सहयोग प्रति स्थानियबासीहरुले खुशी प्रकट गरेका छन् ।