प्रहरी हुँ, भन्दै बालिकाको शरिर बन्धक बनाउने दुई युवक प्रहरीको खोरमा


कञ्चनपुर: हामी प्रहरी हौँ, भन्दै १६ बर्षिया बालिकालाई बन्धक बनाउने कञ्चनपुरका दुई युवक पक्राउ परेका छन । गत शनिबार भीमदत्त नगरपालिका ६ ऐठपुर शिवमन्दिर क्षेत्रमा बालिकालाई बन्धक बनाउने कञ्चनपुरका दुई युवक पक्राउ परेका हुन ।

उनीहरु बिरुद्ध प्रहरीले अपहरण गरी शरिर बन्ध बनाएको मुद्दा चलाएको कञ्चनपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले गत शनिबार ऐठपुर शिवमन्दिर क्षेत्रबाट प्रहरी हुँ भन्दै बालिकालाई भीनपा १६बसन्तपुर पु¥याउने दुई युवकलाई पक्राउ गरेको बताए । प्रवक्ता जोशीका अनुसार बालिकाको शरिर बन्धक राख्ने भीमदत्त नगरपालिका १६ का ३५ बर्षिया महेश सिह खत्री र ३३ बर्षिया धुर्व जोशीलाई पक्राउ गरिएको छ ।

नम्बर नखुलेको मोटरसाईकलमा आएका खत्री र जोशीले बैतडी घर भई हाल, भीमदत्त नगरपालिकामा डेरा गरेर बस्दै आएकी ति बालिकालाई बसन्तपुर लगेका थिए । उनीहरुले प्रयोग गरेको बा ५५ प ९६१३नम्बरको मोटरसाईकल समेत बरामद गरिएको छ । युवक र बालिकाविच चिनजान नभएको प्रहरीले जनाएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img