महेन्द्रनगर: कञ्चनपुर जिल्लाको एक सहकारी संस्थाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
सोमबार एक कार्यक्रमको आयोजना गर्दै पौष १५ को अवसरमा भीमदत्त नगरपालिका वडा न.१६ मझगाँउमा रहेको रत्न कृषि बहुउद्देश्यीय सहकारी संस्था लि.ले दोस्रो पटक नेपाल रेडक्रस शाखा कञ्चनपुरको समन्वयमा विभिन्न संघसंस्थाको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
रक्तदान कार्यक्रममा सहकारीका अध्यक्ष दशरथ धानुकको अगुवाईमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कञ्चनपुर लगायत लाईफ केयर प्याथोलोजी महेन्द्रनगर,हाम्रो मासु पसल महेन्द्रनगर,यु.डी.सर्जिकलस महेन्द्रनगर,पुर्चौडी समाज कञ्चनपुर,एस ब्युटी स्टुडियो एण्ड टे«निङ सेन्टर महेन्द्रनगर, वडा नं.१६ को कार्यालय भीनपा कञ्चनपुर,पुरन बस्नेत भीनपा–१६, लव बहादुर बिष्ट भीनपा–१६ लगायतको सहकार्यमा कार्यक्रम सम्पन्न गरीएको अध्यक्ष धानुकले बताए। उनका अनुसार,सहकारी संस्थाले यस भन्दा पुर्व पनि रक्तदान कार्यक्रम गरेको बताउदै अहिले ३१ जनाको स्वास्थ्य चेकजाँच गरि २५ जनाले रक्तदान गरेको छ।