बाल अधिकार संरक्षणका लागि साथी संस्थाको कलुवापुरमा कार्यक्रम


झलारी : बाल अधिकार संरक्षण र लैङ्गिक समानता न्यूनीकरण गर्ने सम्बन्धी शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरमा साथी संस्थाको आयोजनामा शुक्रवार एक दिने कार्यक्रमको आयोजना गरियो । संस्थाले कार्यक्रम सञ्चालन गरेको कृष्णपुर नगरपालिका २ र शुक्लाफाँटा नगरपालिका ११ अन्र्तगत रहेका विद्यालयका बीस जना शिक्षक–शिक्षिकाहरुको सहभागीतामा कार्यक्रमको आयोजना गरेको हो ।

शिक्षकहरुलाई बालबालिका र बाल अधिकार, बाल संरक्षण, बालविवाह न्यूनिकरण गर्ने कार्य संगै कानुनी प्रावधानका बारे जानकारी दिने उद्देश्य राखेर कार्यक्रम गरिएको छ ।
कार्यक्रममा बोल्दै नगर उप प्रमुख कल्पना पन्तले बालबालिकाको पढने मौलिक हकलाई संरक्षण गर्ने दायित्व अभिभावक र शिक्षकको भएको बताउनु भयो । घरमा रहदा बालबालिका अभिभावकको संरक्षणमा रहन्छन उहाँले भन्नुभयो विद्यालय जादा शिक्षकको संरक्षणमा रहने गर्दछन । यस्तो अबस्थामा बाल अधिकार हनन् नहुने गरी बालबालिकाको संरक्षण गर्नु पर्ने उहाँको भनाई थियो ।

विद्यालयमा बालबालिका माथि हुने मानसिक र भौतिक रुपमा हुने हिंसा अन्त्यका लागि शिक्षकहरुले सजग हुनु पर्ने उहाँले उल्लेख गर्नु भयो । बालमैत्री विद्यालय आजको आवश्यकता रहेकाले त्यस तर्फ शिक्षक अभिभावक लगायत सरोकारवाला निकायको ध्यान जानु पर्नेमा उहाँले जोड दिनु भयो ।
कार्यक्रममा शुक्लाफाटा नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष शेरबहादुर साउदले बालबालिका भविष्यका कर्णधार भएकाले उनीहरुको अधिकार संरक्षणका लागि ध्यान दिनु पर्ने बताउनु भयो ।

विभेदरहित तरिकाले विद्यालयमा समान तरिकाले पढने वातावरण सृजना गर्ने दायित्व शिक्षकको रहेको उहाँले बताउनु भयो । कार्यक्रममा सहभागी शिक्षक गणेश सार्कीेले कार्यक्रमबाट बटुलेका अनुभवहरुलाई विद्यालयमा बाँडने बताउनु भयो । शिक्षिका राजमती ऐरले साथी संस्थाले हिंसामा परेका महिलाहरुको आयआर्जनका सहयोग गरेको कार्यको सह्राना गर्नु भयो । आगामी कार्यक्रममा यस्ता कार्यलाई निरन्तरता दिन उहाँले माग गर्नु भयो । कार्यक्रममा गोकुल खड्काले प्रशिक्षण गर्नु भएको थियो ।

उहाँले कार्यक्रमका सहभागीहरुलाई बाल अधिकार, बाल संरक्षण, बालविवाह, कानुनी प्रावधान बारे जानकारी गराउनु भयो । कार्यक्रमको सहजीकरण संस्थाका सुदूरपश्चिम संयोजक पार्वती भण्डारीले गर्नु भएको थियो । कार्यक्रममा शुक्लाफाँटा नगरपालिकाका कार्यपाकिला सदस्य भूमा चन्द, सञ्चारकर्मी, दुवै नगरपालिकाका दुवै वडाका शिक्षक, शिक्षीका, साथी संस्थाका सामाजिक परिचालक मिना रावल लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन साथी संस्थाका सामाजिक परिचालक कमल राज जोशीले गर्नु भएको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img