राजेन्द्र बहादुर चन्द / कन्चनपुर : प्रायः जसो उहिले उहिले लोकसेवा आयोगको परीक्षामा र विभिन्न ठाउँका हाजिरजवाफ प्रतियोगितामा सोधिने एउटा प्रश्न थियो, नेपालको टापु भनेर चिनिने ठाउँ कुन हो भनेर, जसको सही उत्तर मानिने गरिन्थ्यो सुदूरपश्चिमको कञ्चनपुरमा रहेको महाकाली नदि पारिका तत्कालीन दुई गा.बि. स. दोधारा र चाँदनी । जुन साच्चिकैमा टापु बनेर बसेको भूभाग हो। जसलाई महाकाली नदि र जोगबुढा नदिले घेरेर राखेको छ। त्यही टापु भनेर चिनिने दोधारा चाँदनी गा.बि.स. हालका दिनमा दोधारा चाँदनी नगरपालिका बनेको छ। उक्त नगरपालिकामा बसोबास गर्ने अधिकांश जनताको सम्पूर्ण कारोबार सरकारी कामकाज बाहेकका सबै जसाे भारतको निकटवर्ती शहर वनबासा खटिमा तिर हुने गर्थ्याे र दोधारा चाँदनीमा स्थानीय स्तरमा समेत भारतीय रुपियाँमा कारोबार हुने गर्दथ्यो ।
त्याे किन त भन्दा दोधारा चाँदनीका प्रत्यक्ष सम्पर्क कञ्चनपुरको जिल्ला सदरमुकाम महेन्द्रनगर सँग थिएन, कारण हाे महाकाली नदिमा पुल नहुनु। सरकारी कामकाजका लागि महेन्द्रनगर आउनु पर्दा भारतीय भूमि प्रयोग गरेर बनबासा पुल हुदै गड्डाचौकी नाका भएर महेन्द्रनगर पुग्नुपर्ने बाध्यता रहेको थियो। जहाँ एउटा सानो कामका लागि पनि दोधाराचाँदनी वासिले पूरा दिन खर्चिनु पर्ने बाध्यता थियो। समयले काेेल्टे फेर्याे, करिव दुई दशक अगाडि मात्रै नेपाली इन्जिनियरहरुकाे टाेलिले एउटा झोलुङ्गे पुलको डिजाइन गरे, जुन मल्टि स्पान सस्पेन्सन ब्रिजका रुपमा। जुन ब्रिजले केवल दोधाराचाँदनी वासीलाई कन्चनपुर जिल्ला सदरमुकाम सँग मात्रै जोड्ने काम गरेन कि यस क्षेत्रमा एउटा पर्यटकका लागि प्रमुख पर्यटकीय गन्तव्य नै बनेर उभिएको छ।
संसारमा यस्ता ब्रिजहरू थोरै मात्रै छन्, ती मध्ये महाकालीको झोलुङ्गे पुल आफैमा एउटा नमुना मात्रै नभई एशियाकै लामो झोलुङ्गे पुलका रुपमा परिचित हुन गएको । जुन पुल अवलोकन गर्नका लागि स्वदेशी तथा विदेशी पर्यटककाे घुईचाे लाग्ने गर्दछ। पुलकाे लम्बाइ करिब डेढ किलोमिटर रहेको छ भने हेर्नका लागि पनि निकै सुन्दर र आकर्षक देखिने गर्दछ। अझै त्यस ठाउबाट बिहानकाे सुर्याेदय र साझकाे सुर्यास्तकाे समयमा फाेटाे खिच्नेकाे भिड झनै बाक्लाेे रहने गर्दछ। झोलुङ्गे पुल मात्रै बनेर दाेधाराचाँँदनि लाई महेन्द्रनगर सँग नजाेडेर दाेधाराचाँदनिका व्यापारीले नेपालकै बजार बाट सामान लगेेर व्यापार गर्न थाले, फलस्वरूप दाेधाराचाँदनिमा नेपाली रुपियामा कारोबार हुन थाल्याे। तर उक्त झुलुङ्गे पुलमा क्षमता भन्दा बढि भार बाेकेका बाईक साईकल आदिकाे कारणले पुलका नटबाेल्ट फुस्किने, बिचमा रहेका फलाम भाचिने , दायाँबायाँ तर्फकाे जालि चुडालिने काम भएको देखिन्छ ।
यस्तो नमुुना पुलको पुर्ण रुपमा दुबै नगरपालिका भिमदत्तनगरपालिका र दोधाराचाँदनी नगरपालिका मिलेर मर्मत सम्भार गरेर रंगिबिरङ्गि लाईट द्वारा सजाउने र अझै आकर्षक बनाउनेतर्फ लाग्नुपर्ने देखिन्छ । महाकालीमा फाेर लेनकाे पक्की पुल सन्चालनमा आई सकेकाे हुदा झोलुङ्गे पुलबाट गरिने( बाईक, साईकल मा सामान सहितकाे) ओहाेरदाेहाेर लाई पुर्ण रुपमा बन्द गरेर पुललाई केवल पर्यटकीय गन्तव्यका रुपमा संरक्षण गर्दै दुबै नगरपालिकाले यसबाट लाभ लिनुपर्छ । महाकालीमा बनेको झाेेलुङ्गे पुल संगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्न, बेदकाेट ताल, झिलमिला ताल, भम्केनि धाम, बिष्णु मन्दिर, शिव मन्दिर , प्राचीन सिद्धबाबा मन्दिरकाे दर्शनका लागि आउने पर्यटकका लागि महेन्द्रनगर बजार सहितका क्षेत्रमा केहि स्तरिय हाेटेलहरु रहेका छन,, तर यति मात्रै प्रयाप्त हाेईनन।
यस्ता स्तरिय हाेटेल लगाएतका क्षेत्रमा अझै लगानी भित्र्याउ नका लागि नेपाल सरकारले विशेष सुबिधा दिने गरि निजि लगानी लाई यस क्षेत्रमा आउनका लागि मार्ग प्रसस्त गरिदिनुपर्छ । निजि क्षेत्रमा लगानी बढ्ने बित्तिकै बेरोजगारी कम हुने कुरामा दुईमत छैन। साथै महेन्द्रनगरमा पुनः निर्माण भईरहेकाे मझगाउ बिमानस्थलकाे संचालन संगै यस ठाउँका पर्यापर्यटनमा उल्लेखनीय सुधार देखिनेछ।जुन समग्र कन्चनपुर जिल्ला र सुदुरपशश्चिम प्रदेशका लागि नै सुखद पक्ष रहने छ। यसका लागि स्थानीय सरकार सराेकावाला सबै लाग्नुपर्ने र जाग्नु पर्ने देखिन्छ । पंतिकार: राजेन्द्र बहादुर चन्द , मझगाउ बिमानस्थल पुनः संचालन समित – सचिव तथा हाम्राे शुक्लाफाँटा राम्रो शुक्लाफाँटा अभियन्ता हुन।