महाकाली आर्यघाटमा सरसफाई


कञ्चनपुर : कञ्चनपुरको महाकाली आर्य घाटमा सरसफाई गर्रिएको छ । आईतबार भीमदत्त नगरपालिका ११भुजेला क्षेत्रमा रहेको महाकाली आर्यघाटमा सरसफाई गरिएको हो । भीमदत्त नगरपालिका ११का वडाध्यक्ष प्रकास थापाले नगरपालिकाको आयोजननमा आर्यघाटमा सरसफाई गरिएको बताए ।

अध्यक्ष थापाले गत असारमा आएको वाढीले आर्यघाट फोहोर भएकाले सदगत गर्नका लागि सहज वातावरण बनाउनका लागि सरसफार्ई गरिएको बताए । सरसफाई कार्यक्रममा भीमदत्त नगरका जनप्रतिनिधी, कर्मचारी, निड्स, एनएनएडब्डूएका प्रतिनिधी सहितको सहभागिता रहेको थियो । महाकाली नदी किनार क्षेत्रमा गएको चार लेनपुल सडक सहित पवित्र स्थल सरसफाई गर्दा थप आकर्षण देखिएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img