एमाले बेलडाँडी अघि बढ्दै पाँचै वडामा नयाँ कमिटि


कञ्चनपुर: नेकपा एमालेले कञ्चनपुरको बेलडाँडी गाँउपालिकामा वडा स्तरमा संगठन विस्तार गरेको छ । एमालेले बेलडाँडीका पाँचै वडाहरुमा संगठन विस्तार गरेको जनाएको छ । एमाले बेलडाँडीका इन्चार्ज एव कञ्चनपुरका युवा नेता अक्कल बहादुर विष्टले पाटीले गाँउपालिका सबै वडाहरुमा अधिवेशन सम्पन्न गरेको बताए ।

इन्चार्ज विष्टले बेलडाँडीका सबै वडाहरुमा वडा अधिवेशन गरेर नयाँ कार्य समिति चयन गरिएको बताए । उनका अनुसार १ देखि क्रमस ५वडाका वडाध्यक्षहरु १ लक्ष्मीराज निरौला, २ दिपेन्द्र खडका ३ जय ब विष्ट, ४ कृपाल चौधरी र ५ तिलक कठायत चयन भएका छन । ‘हामीले यस पटक वडा कमिटिका अधिवेशन समयमै सम्पन्न गरेका छौँ, ‘उनले भने, ‘एमाले बेलडाँडी अब विगत भन्दा झन सशक्त भएर अघि बढ्छ ।’

इन्चार्ज विष्टले पाँचै वडा कमिटिलाई पाटीको नीति, सिद्धान्त अनुरुप जनपक्षीय काममा खट्न निर्देशन दिएका छन ।एमाले बेलडाँडीका अधिवेशनमा स्थानीय, जिल्ला, प्रदेश र केन्द्रीय नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img