कान्तिपुर वचत तथा ऋण सहकारी संस्था लिमिटेड को १२औं वार्षिक साधारण सभा सम्पन्न

कञ्चनपुर : कान्तिपुर वचत तथा ऋण सहकारी संस्था लिमिटेड को १२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सनिवार महेन्द्रनगरमा रहेको ९/११ होटेलमा सम्पन्न कार्यक्रममा सहकारीलाई आर्थिक समृद्ध बनाउन सबै सदस्यको सहयोग हुनु पर्ने कुरामा जोड दिनु पर्नेमा जोड दिनु पर्ने कार्यक्रमका प्रमुख अतिथि भीमदत्त नगरपालिका सहकारी शाखा प्रमुख बिमला भाटले बताउनु भयो ।

शनिवार सम्पन्न सभामा संस्थाका अध्यक्ष शिशिर थापाले वार्षिक कार्य पत्र प्रस्तुत गर्नु भएको थियो । साधारणसभामा आर्थिक वर्ष २०८०/०८१ कार्य प्रगति विवरण प्रस्तुती गर्नुका साथै आगामी वर्षको निति तथा कार्यक्रम अनुमोदन संगै पारित गरिएको थियो।

कान्तिपुर साकोस का अध्यक्ष शिशिर थापाको अध्यक्षतामा भीमदत्त नगरपालिका सहकारी शाखा प्रमुख बिमला भाट को प्रमुख अतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । संस्थापक अध्यक्ष भुवन राज भट्ट निर्वतमान अध्यक्ष मिलाप थापा लगायतको विशिष्ट अतिथि रहनु भएको थियो। साधारणसभामा शेयर सदस्य कर्मचारी लगायतको उपस्थिति रहेको थियो । भने कार्यक्रम सञ्चालन संस्थाका व्यवस्थापक बसन्त भट्टले गर्नु भएको थियो।

ताजा समाचार