कञ्चनपुर : नेकपा माओवादी केन्द्र कञ्चनपुर बेदकोट नगरपालिका १ को वडाध्यक्षमा बीर बहादुर खडायत चयन भएका छन । माओवादी केन्द्र बेदकोट नगरका युवा नेता एव अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष दल बहादुर धामी(अरिबल)ले शनिबार माओवादी केन्द्र बेदकोट ८ को दोस्रो वडा अधिवेशनबाट बीर बहादुर खडायत अध्यक्षमा सर्वसम्मतीय आधारमा वडा कमिटि विस्तार भएको बताए ।

उनका अनुसार उपाध्यक्ष जलुदेवी जोशी, सचिव कमला बोहारा, सह सचिव माधवी धानुक, कोषाध्यक्ष संङगिता घनाडी सहितका १९ वडा सदस्य रहेका छन । उक्त कार्यक्रममा पुर्व माओवादी वडाका कार्यकर्ताहरु भुवन सिह धामी पुन माओवादीमै फर्किका छन ।

वडा अधिवेशनमा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कञ्चनपुरका इन्चार्ज टेकेन्द्र प्रशाद भट्ट, केन्द्रीय सदस्य गोबिन्द विक, सुप प्रदेश सचिवालय सदस्य हिरा जैसी(सीमा), कैलास सुनार, बेदकोट नगर अध्यक्ष लाल परियार लगायतका नेता कार्यकर्ताहरुका थिए । कार्यक्रमका प्रमुख अथिति समेत रहेका माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कञ्चनपुरका इन्चार्ज टेकेन्द्र प्रशाद भट्टले वडा कमिटिलाई पाटीको सिद्धान्त अनुरुप जनपक्षीय काममा खटिन निर्देशन दिएका छन ।







