पप्पु गुरुङ्ग, दोधारा । सिमा ईलाकामा बसोवास गर्ने जनसमुदाय र सशस्त्र प्रहरी बल नेपाल बिचको सम्बन्ध सुमधुर बनाई सीमा सुरक्षा, सिमापार अपराध तथा अवैध गतिविधी नियन्त्रणमा प्रभावकारिता ल्याउने हेतुले ‘सिमाबासी संग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत सिमामा सशस्त्र प्रहरीले दोधारा चाँदनी नगरपालिकाको कञ्चनभोजमा नि:शुल्क स्वास्थ्य शिविर संचालन गरिएको सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्म देवीस्थान, कञ्चनपुरले जनाएको छ् । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्म देवीस्थान र दोधारा चाँदनी नगरपालिका– ७ वडा कार्यालयको सहयोग र सशस्त्र प्रहरी वल, नेपाल एपिएफ बैधनाथ फिल्ड अस्पताल कैलालीको प्राविधिक सहयोगमा एक दिने निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको एपिएफ बैधनाथ फिल्ड अस्पताल, कैलालीका प्राविधिक सशस्त्र प्रहरी निरिक्षक नवनित ठाकुरले बताउनुभएको छ् ।
‘सिमाबासी संग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत सीमामा सशस्त्र प्रहरीले शुदुरपश्चिमको तोकिएको स्थानमा नि:शुल्क स्वास्थ्य शिविर संचालन गर्ने कार्यक्रम अन्तर्गत दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत संग जोडिएको सिमा बस्ती दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ कञ्चनभोजमा निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको सशस्त्र प्रहरी निरिक्षक नवनित ठाकुरले बताउनुभयो । नि:शुल्क स्वास्थ्य शिविरमा साधारण स्वास्थ्य परिक्षण, स्त्री तथा प्रसुती रोग, आँखा, दाँत नाक, कान, घाँटी लगाएत अन्य रोगहरुको समेत जाँच सहित निशुल्क उपचार गरिएको सशस्त्र प्रहरी निरिक्षक नवनित ठाकुरले बताउनुभएको छ् ।
दोधारा चाँदनी नगरपालिका– ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत संग जोडिएको ग्रामिण बस्तीमा सशस्त्र प्रहरीले संचालन गरेको निशुल्क स्वास्थ्य शिविर निकै प्रशंसनिय रहेको बताउनुभएको छ् । स्वास्थ्य सेवाबाट टाढा रहेका ग्रामिण भेगका स्थानियबासीहरुलाई सशस्त्र प्रहरीको निशुल्क स्वास्थ्य शिविरले निकै टेवा पुर्याएको वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले बताउनुभयो । आगामी दिनहरुमा सशस्त्र प्रहरी संग समन्वय गरि आगामी दिनहरुमा बृहत निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने योजना समेत रहेको वडाध्यक्ष बहेक क्षेत्रीले बताउनुभयो ।
सशस्त्र प्रहरीको यस्ता सामाजिक क्रियाकलापले सशस्त्र प्रहरी र जनता बिच सम्बन्ध सुमधुर बनाई सीमा सुरक्षा, सीमापार अपराध तथा अवैध गतिविधी नियन्त्रणमा प्रभावकारिता ल्याउने आफुले विश्वास लिएको वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीको भनाई रहेको छ् ।