मिनि प्रदर्शनी महोत्सवको समापनमा अपाङ्गता मैत्रीपुर्ण मञ्च

उद्धघाटनमा अपाङ्गता मैत्रीपूर्ण नभएको मञ्च समापन कार्यक्रममा र्याम्प सहित व्यवस्थापन भयो!

कञ्चनपुर: सुदूरपश्चिम प्रदेशमा आयोजना गरेको ३३औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको कार्यक्रममा मैत्रीपुर्ण मञ्च नै नहुदा समस्या आउँदा समापन कार्यक्रममा अपाङ्गता मैत्रीपूर्ण मञ्चको व्यवस्थापन गरेको छ।सुदूरपश्चिम प्रदेशको धनगढीमा ३३ औं अन्तरास्ट्रिय अपाङ्गता दिवसको अवसरमा मिनि प्रदर्शनी मेलाको उद्धघाटन कार्यक्रममा बनाएको मञ्च (स्टेज) अपङ्गता मैत्रीपुर्ण नभएको देखिएको थियो।३ डिसेम्बर मंसिर १८ गते मनाएको ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा आयोजना गरेको भब्य कार्यक्रममा मञ्च (स्टेज) र्याम्प बिनाको बनाउदा चौतर्फी आलोचना हुँदा मंसिर २० गते बिहिवार मिनि प्रदर्शनी महोत्सव २०८१ को समापन धनगढीमा भएको कार्यक्रममा र्याम्प रहित अपाङ्गता मैत्रीपूर्ण मञ्च व्यवस्थापन गरिएको राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशका अध्यक्ष मान बहादुर साउँदले बताएका छन्।

सुदूरपश्चिम प्रदेश सरकारका मुख्य मन्त्री कमल बहादुर शाह प्रमुख अतिथि ,सामाजिक विकास मन्त्री , आन्तरिक मामिला तथा कानुन मन्त्री , भौतिक पुर्वाधार राज्य मन्त्री लगायत उच्च स्तरीय कर्मचारी विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख प्रतिनिधि समेतको उपस्थिति रहेको ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको कार्यक्रममा बनाएको मञ्च (स्टेज) अपाङ्गता मैत्री नहुदा ह्वलचिर प्रयोगकर्ता अपाङ्गता भएका व्यक्तिको लागि ‘ काग लाई बेल पाक्यो, हर्ष र बिष्मात’ भने झै भएको उपस्थित अपाङ्गता भएका व्यक्तिहरु प्रतिक्रिया रहेको थियो।

सामान्य अपाङ्गता भएका व्यक्तिहरु मात्रै कार्यक्रमको स्टेजमा चड्नु भयो, तर ह्वलचिर प्रयोग कर्ता अपाङ्गता भएका व्यक्तिहरु भने ब्यानरमा ह्वलचिर देखियी तर व्यक्ति भने देखिएन भन्ने लगायतका जनगुनासो उपस्थित ह्वलचिर अपाङ्गता भएका व्यक्तिले गरेका थिए। जुन भाषणमा मात्रै अपाङ्गता मैत्रीपुर्ण भौतिक संरचना खोज्ने अपाङ्गताको हक अधिकारको लागि लड्ने अग्रणी राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशले आफ्नै ठूलो कार्यक्रम गर्दा स्टेज कस्तो बनाउनु पर्छ भन्ने कुराको समेत ख्याल नगरेको देखिएको थियो तर समापन कार्यक्रममा भने आफ्नो गल्ती लाई सहजै आत्मसात गर्दै अपाङ्गता मैत्रीपुर्ण मञ्चमा र्याम्प बनाएको हो।

मञ्च व्यवस्थापनमा अपाङ्ग मैत्रीपुर्ण (र्याम्प) नबनाएको र त्यसै कुराको ख्याल नगरी मञ्च बनाउदा समस्या देखिएको अध्यक्ष साउँदले बताए। अध्यक्ष साँउदले भन्यो, समापन कार्यक्रममा सुधार गर्दै अपाङ्ग मैत्रीपुर्ण (र्याम्प) थप सुधार गरेका छौँ। कार्यक्रम गर्दा गल्ती हुन्छन् , त्यसको समस्याको समाधान गरियो र आगामी दिनमा कार्यक्रम गर्दा यस्ता कुरालाई विशेष ख्याल गर्ने छौँ। यो कुरा सामान्य होइन यस्ता कुरालाई विशेष रुपमा ख्याल गर्नु पर्ने हुन्छ।

ताजा समाचार