महेन्द्रनगर धनगढीमा एनसेलको फोफो सेवा शुचारु


कञ्चनपुर : दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सुदूरपश्चिमका बजारमा नयाँ सेवा विस्तार गरेको छ । एनसेलले कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा फ्रान्चाईज ओन्ड, फ्रान्चाईज–अपरेटेड (फोफो) नयाँ सेवा विस्तार गरेको हो । बिहीबार धनगढीमा फोफो सेवा शुरु गरेको एनसेलले बिहीबार महेन्द्रनगरमा गरेको एनसेलले जनाएको छ । एनसेल कष्टमर सर्भिस अपरेसन डाईरेक्टर ज्योती दाहालले सेवाग्राहीको माग अनुरुप सुदूरका मुख्य शहर महेन्द्रनगर, धनगढीमा सेवा विस्तार गरेको बताईन । उनका अनुसार साबिक एनसेल सेन्टरबाटै स्थानीय निजी क्षेत्रसंग समन्वय गरेर सेवा विस्तार गरेको बताईन ।

स्थानीय व्यवसायलाई बढवा दिदै ‘लोकल्ली ओन्ड, पावर्ड वाइ एनसेल’ लक्ष्यका साथ फोफो सेवा विस्तारसंगै अब सेवाग्राहीले सिमदेखि मोवाईल एकै छाताबाट पाउने उनले बताईन । अब सेन्टरबाट ग्राहकहरूले एनसेलका सबै ग्राहक सेवा तथा सुविधाहरू लिनुका साथै मोबाइल फोनलगायत विभिन्न एनसेरीहरु किन्न सक्छन् । ग्राहकहरूले सिम कार्ड परिवर्तन, ई–सिम एक्टिभेसन, केवाईसी अपडेट, बिल भुक्तानी लगायत सम्पूर्ण ग्राहक सेवाहरू लिन सक्छन् । महेन्द्रनगरमा डिपिया ईन्टरपाईजेजसंग सहकार्य गरेर एकीकृत सचालन गरिएको छ । स्थानीय व्यवसायी र उनीहरूसँगको साझेदारीलाई प्रोत्साहन दिँदै भविष्यमा पनि यस्ता स्टोरहरू सञ्चालनमा ल्याउने योजना रहेको एनसेलले जनाएको छ । यसले ग्राहकहरूलाई एकै स्थानबाट धेरै सेवा उपलब्ध गराउने र स्थानीय व्यवसायीलाई समेत सहयोग गर्ने विश्वास लिइएको छ ।

त्यस्तै कम्पनीले पछिल्लो समय आफ्नो मोबाइल एप केन्द्रित भएर सञ्चालन ल्याएका योजना लगायतका विषयबारे समेत ग्राहकले थप जान्न चाहेको कुरा आफ्नै नजिकको स्टोरबाट प्राप्त गर्न सक्ने हुँदा यसले कम्पनी र ग्राहकबिचको सम्बन्ध थप प्रगाढ बनाउन मद्दत पु¥याउने छ। फोफो सेवा विस्तारले ग्राहकलाई सुविधा हुने सरोकारवालाले बताएका छन । कैलाली उद्योग वाणिज्य सघका अध्यक्ष पुष्पराज कुँवरले एनसेलले ल्याएको कार्यक्रमले ग्राहकरुलाई गुणस्तरिय सेवा प्रवाहमा जोडदिए । भीमदत्त नगरका मेयर पदम बोगटीले एनसेलले उपलब्ध गराएको सेवाको प्रशंसा गर्दै स्टोर पुनः सञ्चालनमा आउनुले स्थानीयहरूलाई थप सहज रूपमा सेवा उपलब्ध हुने विश्वास व्यक्त गरेका छन । मेयर बोगटीले एनसेल फ्रान्चाइज सेन्टरको नाममा पनि चिनिने यस सेन्टरले ग्राहकहरूलाई थप सहज, विश्वसनीय र प्रिमियम अनुभव प्रदान गर्ने अपेक्षा गरेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img