अपराधमा ब्रेक लगाउँदै कञ्चनपुर प्रहरी : परम्परागत घट्दै, आधुनिक अपराधका बढ्दै


कञ्चनपुर: पश्चिम नेपाल तराईको सीमावर्ती कञ्चनपुरमा परम्परागत अपराधका घट्ना घटिरहेको र आधुनिक अपराधिक घटना बढिरहेका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार परम्परागत अपराधका घट्ना घटिरहेको र आधुनिक अपराधिक घटना बढिरहेका हुन । तर, कञ्चनपुर प्रहरी हरेक अपराधका घटनामा ब्रेक लगाउँदै न्यूनिकरण गर्न लागेको छ । विगतका बर्षहरुमा हत्या, हिन्सा,बलात्कार, घरेलु हिन्सा, लैङ्गिक हिन्सा, सार्वजनिक लगायतका अपराधका घटना घटिरहेको र अन्य आधुनिक अपराध लागु औषधको अवैध कारोबार, अनलाईन ठगि, राजस्व चुहावट जस्ता अपराधका घटना बढिरहेका छन । प्रहरीको तथ्याङ्क अनुसार गत आर्थिक बर्ष ०८२/०८३ मा जघन्य गम्भिर अपराध तर्फ कर्तव्य ज्यान ५, हातहतियार १, मानवबेचबिखन ३, जुवातास २६, ठगि २६, मुद्रा २, बैंकिङ्ग कसुर ८६ जेष्ठ नागरिक सम्बन्धी ८४ गरेर दुईसय ३३ मुद्दा दर्ता गराएका थिए ।

यस्तै ज्यान सम्बन्धी एकसय ११, आत्महत्या एकसय ३८, चोरी ८३, संगठित अपराध चारसय २, समाजिक अपराध एकसय ७९, महिला बालबालिका अपराध ८४, सवारी ज्यान ३१, अन्य ६३ गरेर एक हजार ९१मुद्दा दर्ता गरेर कार्बाही अघि बढाएको थियो । तीनसय ५८ घरेलु हिन्सा मध्ये दुईसय ९९मिलापत्र, ५९अदालत पठाएको, एकसय लैगिङ्गहिन्सा मध्ये ८६मिलापत्र र १४ सम्बन्धीत निकायमा पठाएको छ । भने, १सय ३८ आत्महत्याका घटेका छन । अनलाईन ठगिका घट्ना बढ्दै, प्रहरीलाई चुनौती थपिदै पछिल्ला दिनहरुमा अनलाईन, समाजिक सञ्जाल मार्फत ठगिदेखिका अपराधजन्य घटनाहरु दिनप्रतिदिन घटिरहेका छन । अनलाईन ठगिका तीन सय निवेदन मध्ये ९ मुद्दा दर्ता गरेर कार्बाही अघि बढाईएको छ । तीनसय निवेदन÷मुद्दामा तीन करोड, ५६लाख, ९३ हजार, दुईसय १रुपैया ठगिएको थियो । जसमध्ये एक करोड, एक लाख, ८१ हजार, ४सय १५रुपैया फिर्ता गरिएको छ । दुईसय ९१निवेदन मध्ये ८६ फछ्यौट अर्थात मिलापत्र गरेर ५६लाख, ७३ हजार, १सय १२रुपैया पीडितलाई फिर्ता गराईएको हो । भने, ९मुद्दा दर्ता बाफत ७५लाख, ९६हजार ४सय ७६रुपैयामा ६ मुद्दा छफ्यौट भएर ४५लाख, ८हजार, तीनसय ३रुपैया फिर्ता अर्थात पीडितले पाएको छ । यस्तै समाजिक सञ्जाल मार्फत अपमानदेखिका गाली बेईजती गरेको भन्दै एकसय ८१ मुद्दातथा निवेदन दर्ता गराएका थिए ।

एकसय ६८ निवदेन मध्ये पुरै छफ्यौट र १३ मुद्दा दर्ता मध्ये ११फछ्यौट र २बाँकी रहेका छन । गत आर्थिक बर्षमा विभिन्न मुद्दाका फरार एक हजार १सय ६६ फरार अभियुक्त पक्राउ गरिएका छन । सार्वजनिकक चासो रहेका पेण्डिङ्ग मुद्दा तर्फ ६सय ३५ मध्ये दुईसय ५३ फछ्यौट गरिएको छ । अदालतबाट तीनसय ११ बर्ष, ४महिना, १४दिन कैद र दुई करोड ४५लाख, ३१ हजार, ९सय ३७ जरिवाना फैसला भएका ५सय ६२ फरार अभियुक्तलाई पक्राउ गरेर अदालत पेश गरिएको छ । एक बर्षको अवधिमा हराएका महिला, बालबालिका, जेष्ठ नागरिक चारसय ८६ मध्ये चारसय ८५फेला पारेर सम्बन्धीत घर परिवारको जिम्मा लगाएको थियो । बर्षदिनको अवधिमा प्रहरी कार्यालयमा तीन हजार, आठसय ७९ठाडो उजुरी मध्ये पुरै फछ्यौट भएका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी नेत्रराज गिरीले पछिल्ला बर्षहरुमा विगतका परम्परागत अपराध भन्दा आधुनिक अपराधका घटना घटिरहेको बताए । एसपी गिरीले प्रहरीसग भएको मानविय एव भौतिक स्रोत साधनको अधिकतम उपभोग गर्दै नियन्त्रणका लागि प्रयास गरिएको बताए । एसपी गिरीले जिल्लामा अन्र्तराष्ट्रिय मापदण्ड अनुरुप एकै प्रहरीमाथि सयौँ नागरिकको सुरक्षा गर्नुपर्ने बाध्यता भएकाले नयाँ अपराध लागु औषधका घटनाहरुले प्रहरीको हिरासतदेखि कारागारसम्मै बहुसंख्यक लागु औषधकै मुद्दावाला थुनुवा, अभियुक्त रहेको बताए । एसपी गिरीले समाजिक सञ्जाल निगरानीदेखिका नियमन भईरहकेो बताए । प्रर्याप्त स्रोत साधन नहुँदा अनलाईन ठगिदेखिका विद्युतीय अपराध अनुसन्धानमा चुनौती खेप्नु परेको बताउँदै उनले प्रहरीलाई समयसापेक्ष अनुरुप प्रविधीमैत्री बनाउनुपर्ने आजको आवश्यकता रहेको समेत औल्याएका छन ।

अपराध नियन्त्रणका लागि जिल्लामा विभिन्न कार्बाहीदेखिका सचेतनामुलक कार्यक्रम संचालन गरिएका छन । लागु औषध नियन्त्रणमा मर्मम, एकै बर्षमा चारसय ९ मानिस पक्राउ लागु औषध बिरुद्धमा समेत कञ्चनपुर प्रहरीले निर्मम कार्बाही गरेको छ । दैनिक एक वा भन्दा बढी लागु औषधमा सेवनकर्ता, ओसारपोसारदेखिका संलग्न पक्राउ गरेको छ । २०महिला, तीनसय ८९गरेर चारसय ९मानिस पक्राउ गरेर दुईसय ३१ मुद्दा दर्ता गरेको छ । पाँचसय २६ग्राम दुईसय ३०मिनिग्राम जाँगा, ६किलो ६३७ग्राम, ८२१मिलिग्राम जाँगा, ६सय ५८.८२६ग्राम खैरोहिरोईन, ७सय २६ट्याब्लेट बरामद गरेको छ । २२जनालाई सुधार केन्द्रमा पठाएको छ । कञ्चनपुर प्रहरीले सवारी दुर्घटना, भन्सार चोरीछली, अवैध वन पैदावार बस्तुको आरोबारदेखिका घटना नियन्त्रणदेखि कार्बाही जरिवाना राजस्व अशुली गरेको छ ।

पाँचसय ६४ सवारी दुर्घटनामा ४१मानिसले ज्यान गुमाए, ८सय ७९ घाईते, ८हजार, ३०१सवारी साधनमाथि कार्बाही गरेर ५९लाख, १४ हजार ५सय राजस्व संकलन गरेको छ । भन्सार चोरीछली गर्ने १४मानिस पक्राउ गरेर ६करोड, १५लाख, ३८ हजार, ६सय १७रुपैया बराबरको राजस्व अशुल गरेको छ । चार मानिस, ४सय ३५क्युफिट सहित ५लाख, ९५ हजार,३२५रुपैया जरिवाना अशुल गरेको छ । अवैध घरेलु मदिरा नियन्त्रणदेखि विपद् उद्दारमा खटिएको छ । एकै बर्षको अवधिमा कञ्चनपुर प्रहरीमा ४० हजार ८४ नागरिकले सेवा लिएका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना प्रवक्ता डिएसपी टेक बहादुर रावतले प्रहरीले अपराध नियन्त्रणका लागि हरपल कामकाज गरिरहेको बताए । उनका अनुसार समाजका अपराध घट्नै नदिन समुदायमै गएर सचेतनामुलक कार्यक्तमदेखि अपराध घटेपछि घटनाको अनुसन्धान गरेर संलग्नमाथि कार्बाही गरेको छ । कञ्चनपुर प्रहरीले अपराध न्यूनिकरणमा समुदाय समेत समेत रहनुपर्नेमा आग्रह गरेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img