कञ्चनपुर: सुदूरपश्चिम प्रदेश लिग फुटबल प्रतियोगिताको लागि तयारी पूरा भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यतालिका कार्यक्रम अनुसार प्रदेश फुटबल संघ सुदूरपश्चिम प्रदेशले प्रतियोगिताको लागि तयारी पूरा भएको प्रदेश फुटबल संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष दिनेश श्रेष्ठले बताएका छन्।
उनका अनुसार प्रतियोगिता होम एण्ड अवेयको आधारमा कैलाली र कञ्चनपुरमा सञ्चालन हुने भएको छ। प्रतियोगिता मंसिर २२ र २५ गते खेल हुने छन्। धनगढीको रंगशालामा २२ गते प्रदेश लिग फुटबलको उद्धघाटन हुने बताए।
कैलाली जिल्लाको जिल्ला लिग च्याम्पियन क्लब बिजय स्पोर्ट्स क्लब र कञ्चनपुर जिल्ला लिग च्याम्पियन क्लब अरनिको युवा क्लब बिच होम एण्ड अवेय को आधारमा खेल हुने सुदूरपश्चिम प्रदेश फुटबल संघका महासचिव काशिरामा बोहराले जानकारी दिएका छन् ।
प्रदेश लिगको लागि निरन्तर क्लब र फुटबल संघ कञ्चनपुर बिच समन्वय सहकार्य भैरहेको छ। टिम तयारी रहेको छ, प्रदेश लिगको उद्धघाटन कैलाली जिल्लाको धनगढी रंगशालामा हुने र यसको समापन कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर स्थित खुलामञ्चमा हुने सम्भावना धेरै रहेको कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्दले बताए। उनले भने,यसको बिषयमा प्रदेश फुटबल संघ संग समन्वय गरेर टुंगो लाग्ने छ।
कैलाली जिल्ला लिग च्याम्पियन टिम बिजय स्पोर्ट्स क्लबको सम्पुर्ण खेलाडीको नामावली कैलाली जिल्ला फुटबल संघ र प्रदेश फुटबल संघ सुदूरपश्चिम प्रदेशलाई बुझाएई सकेको छौँ। अब खेलको नतिजा पनि राम्रो होला भन्ने अपेक्षामा रहेको बिजय स्पोर्ट्स क्लबका अध्यक्ष एवम् बिजय स्पोर्ट्स क्लबका अध्यक्ष बिनोद बिष्टले बताएका छन्।
प्रदेश लिग फुटबलको तयारीको सम्पुर्ण जिम्मेवारी क्लब लाई रहेको हुँदा तयारी पूरा भएको छ, खेलाडीको नामावली जिल्ला र प्रदेशलाई बुझाई सकेका छौँ , जिल्ला लिगमा समावेश सम्पुर्ण क्लबका उत्कृष्ट खेलाडीको छनौट गरि प्रदेश लिगको लागि टिम तयारीमा रहेको च्याम्पियन क्लब अरनिको अध्यक्ष जित बहादुर तामाङले बताए।
कैलाली जिल्ला फुटबल संघका महासचिव ललित मिश्रले जिल्ला च्याम्पियन टिम बिजय स्पोर्ट्सको सम्पुर्ण कागजात आइसकेको र प्रदेशलाई बुझाई सकेको बताए। कञ्चनपुर जिल्ला फुटबल संघका महासचिव नितेश रावलले कञ्चनपुर जिल्ला लिग च्याम्पियन टिम अरनिको क्लबको कागजात सम्पुर्ण आईसकेको र प्रदेशलाई उक्त आवश्यक कागजात बुझाई सकेको बताए। उनले भने टिमको तयारी सम्पुर्ण च्याम्पियन क्लब लाई दिएको छौँ।
दुबै जिल्लामा प्रतियोगिताको एक-एक खेल हुने छ। प्रतियोगिताको खेलमा उत्कृष्ट प्रदर्शन च्याम्पियन हुने टिमले वा क्लबले सुदूरपश्चिम प्रदेशको नेतृत्व गर्ने छ।