मदन चोकमा फुटपात बनाउन शुरु


कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका ४महेन्द्रनगर मदन चोकमा फुटपात बनाउने काम शुरु भएको छ । जिल्लाका युवा विद्यार्थीको दवावमा एडिबीले उक्त क्षेत्रमा फुटपात बनाउन शुरु गरेको हो ।

सरकारी अतिक्रमित जमिन खाली गराउने अभियानमा जुटेको युवा नेता दिपेन्द्र सिह ऐरले युवा विद्यार्थीको निरन्तर दवावमा एडिबीले यस अघि फुटपात नबनाएको क्षेत्रमा बनाउन शुरु गरेको बताए । ‘अहिले एडिबीले काम शुरु गरेको छ, ‘उनले भने, ‘निरन्तर काम गरेर बजारको कुरुप हटाउनुपर्छ, उक्त क्षेत्रमा यस अघि देखि बस्दै आएका २२ व्यवसायीहरुलाई समेत व्यवस्थापन गर्नुपर्छ ।’

व्यवसायीहरुले सोही स्थानमै व्यवस्थापनको माग अघि सारेका छन । उनीहरुले यस अघि पालिकाले सडक विस्तारका क्रममा पालिकाले हटन भन्दै अहिले ढिलाई गरेको भन्दै निरन्तर पालिका धाईरहेका छन । युवा विद्यार्थीले उक्त स्थानमा कुनैपनि हालतमा सटर बनाउन नहुने भन्दै पालिकादेखिका सरकारी गैर सरकारी निकायमा निरन्तर दवाव दिईरहेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img