चार विद्याथी सगठनले भन्यो, ‘मदिरा सेवन गरेर श्रीमती कुटने प्राध्यापक भट्टमाथि कानुनी कार्बाही हुनुपर्छ’

कञ्चनपुर: सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पृथ्वीराज भट्टले मदिरा सेवन गरेर श्रीमतीलाई मृत्युको मुखमा पु¥याएको भन्दै विश्वविद्यालका विद्यार्थी, सघ संगठन समेत आक्र्रोसित भएका छन । विश्वविद्यालयका अग्रेजी विषयका उपप्राध्यापक भट्टले विषयतगत उत्कृष्ट भएपनि लैङ्गिक हिन्सा बिरुद्धको १६ दिने अभियान चलिरहेकै बेला गत शनिबार मदिराले लठ भएर श्रीमती कुटपिट गर्ने कार्य निन्दनिय भएको बताएका छन ।

घटना बाहिरिएसंगै सुपका महिला छात्रा बढी त्रसित भएका छन । आफ्नै जिवनी संगिनी कुट्ने शिक्षकले भावि दिनमा क्याम्पसमा छात्रामाथि कुटपिट गर्ने, अभद्र व्यवहार गर्न सक्ने भन्दै चिन्ता व्यक्त गरिहेका छन । अरुलाई नैतिक शिक्षाको पाठ सिकाउने गुरु नै ‘मदिरा सेवन गरेर श्रीमती कुटनेले कस्तो शिक्षा देला’भन्दै विद्यार्थीहरु क्याम्पसदेखि घर बजारमा यही चर्चा गरिरहेका छन । सुप विश्वविद्यालयमा कृयाशिल रहेका विद्यार्थी संगठनले समेत घटनाको बिरोध गरेको छ ।

चार विद्यार्थी संगठनले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै घटनाको सत्यतथ्य छानबिन गरेर दोषी उपर कार्बाहीको माग अघि सारेका छन । अखिल क्रान्तिकारीका अध्यक्ष दिपक भट्ट, अनेरास्ववियूका अध्यक्ष कविराज अवस्थी, राप्रवि संघका अध्यक्ष सचित पन्तले संयुक्त रुपमा हस्ताक्षर गरेको विज्ञप्तीमा प्राध्यापक भट्टबाट कुकार्य भएकाले कानुनी अनुसन्धान अघि बढाउनुपर्नेमा माग सादै यस अघि पनि पटक पटक मिलापत्र गरेको भन्दै अहिले गरेर आन्दोलनको चेतावनी दिएका छन ।

ताजा समाचार