
पप्पु गुरुङ्ग । माइति नेपाल कञ्चनपुरले लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानका अवसरमा ‘हस्ताक्षर संकलन अभियान’ संचालन गरेको छ । मानव बेचविखनका प्रभावितहरु र लैंगिक हिंसाका कारण घरबार बिहीन भएकाहरुको उद्धार, स्वदेश फिर्ती तथा सामाजिक पुनरस्थापनाका लागि अबिलम्ब “मानक सञ्चालन कार्यविधी निर्माण गरी लागु गर्नका लागि सरकारलाई दवाब दिन हस्तारक्षर संकलन अभियान संचालन गरिएको माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले जानकारी दिनुभएको छ् । मानव बेचविखन तथा ओसारपसारका प्रभावितहरुको उद्धार, स्वदेश फिर्ती तथा सामाजिक पुनरस्थापना र लैंगिक हिंसा बाट पिडित भई घरबार बिहीन भएकाहरुको सामाजिक पुनरस्थापनाका लागि आवश्यक स्पष्ट ‘मानक सञ्चालन कार्यविधि (एसओपी) नहुदा मानव बेचविखन तथा ओसापसार नियन्त्रणमा काम गर्ने निकाय एवम् संघ/संस्थाहरुले निकै सास्ती र कठिनाई भोग्नु पर्दै आएको संयोजक महेश्वरी भट्टले बतनाउनुभयो ।

बिशेष गरी मानव बेचविखनका प्रभावितहरुको उद्धार, स्वदेश फिर्ती तथा पुनरस्थापना गर्ने क्रममा ‘मानक सञ्चालन कार्यविधि (एसओपी) नभएका कारण बिभिन्न कठिनाईको सामना गर्नुपर्ने अवस्था रहेको माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले बताउनुभएको छ् । कञ्चनपुरको भिमदत्त नगरपालिकामा रहेको गड्डाचौकी, दोधारा चाँदनी नगरपालिकाको बिभिन्न वडा तथा टोलमा पुगेर सरकारलाई ‘मानक सञ्चालन कार्यविधि (एसओपी) निमार्णको दवाव स्वरुप हस्ताक्षर संकलन गरिएको उहाँले बताउनुभएको छ् ।

मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन,२०६४ ले मानव बेचविखनका प्रभावितहरुको उद्धार स्वदेश फिर्ती र पुनर्स्थापनाको सम्पूर्ण जिम्मेवारी सरकारको हुने तथा यसका लागि आवश्यक सबै प्रबन्ध सरकारले नै मिलाउनु पर्ने ब्यवस्था गरेको छ । लैंगिक हिंसा बिरुद्धको १६ दिने अन्तरराष्ट्रिय अभियानको पहिलो दिन २५ नोभेम्बर (१० मंसिर) देखि शुरु गरिएको हस्ताक्षर अभियान सो को अन्तिम दिन १० डिसेम्बर (२५ मंसिर) सम्म चलाईने र यस अवधिमा देशै भरीबाट संकलित हस्ताक्षरहरु संकलन गरी एकमुष्ठ सरकारलाई ज्ञापन पत्र बुझाईने कार्यक्रम रहेको माईती नेपाल कञ्चनपुरले जनाएको छ् ।

अहिले कञ्चनपुर जिल्लामा भिमदत्त नगरपालिकाको माईती नेपालको कार्यालय र सूचना तथा परामर्श केन्द्र गड्डाचौकी, महाकाली पक्की पुल र महाकाली झोलुङ्गे पुलबाट हस्ताक्षर संकलन कार्य भईरहेको छ् । अभियानमा सरिक भई सहयोग गरीदिनका लागि माईती नेपाल कञ्चनपुरले सबैलाई आह्वान गरेको छ् ।






