बहुमत युवा संगठनले भन्यो, ‘महोत्सवमा स्थानीय सरकारले विदा दिने कार्य निन्दनिय’


कञ्चनपुर: नेकपा बहुमत युवा संगठनले साँस्कृतिक महोत्सवमा कैलालीको एक सरकारले सार्वजनिक विदा दिने कार्य निन्दनिय भएको जनाएको छ । क्रान्तिकारी युवा संगठन नेपाल सुप प्रदेशले एक प्रेस विज्ञप्ती जारी गर्दै लम्की चुहा नगरपालिकाले सार्वजनिक विदा दिने कार्य निन्दनिय भएको जनाएको छ ।

बहुमत निकट युवा संगठन सुप प्रदेशका संयोजक दिवानट्ठारा हस्ताइार गरेको विज्ञप्तीमा हरेक क्षेत्रमा असफल भएको वर्तमान दलाल पुजीवादी संसदीय सत्ता अहिलेको स्थितिमा दिन प्रति दिन नाङ्गेझार हुँदै गएको छ । सत्ता र बन्दुकको आडमा हरेक दिन जनविरोधी कार्यहरु आफ्ना पक्षमा पास गर्ने अत्याधिक प्रयत्न गरिरहेको छ ।

यसै शिलसिलामा कैलालीको लम्किचुहा नगरपालिकाले उद्योग वाणिज्य संघले संञ्चालन गरेको लम्की सांस्कृतिक महोत्सवमा दर्शक नजुटे पछी उद्योग वाणिज्य संघ तथा नगरपालिका भित्रका केही भ्रष्ट जनप्रतिनिधि र कर्मचारीहरुको मिलोमतोमा विद्यार्थीका लागि विज्ञान प्रदर्शनी तथा विद्यार्थीहरूले आविष्कार गरेका बस्तुहरु प्रर्दशनका नाममा तीन दिने स्थानिय बिदा दिने निर्णयको घोर निन्दा एवंम भर्त्सना गर्दछौं । उक्त निर्णय तत्काल खारेज गर्न हाम्रो संगठन जोडदार माग गर्दछ १ अन्यथा नगरपालिका र उद्योग वाणिज्य संघ विरुद्ध संघर्ष गर्न बाध्य हुने जानकारी गर्दछौं ।


Loading Viewer...

ताजा समाचार

spot_img