लैंङ्किक हिंसा विरुद्धको १६ दिने अभियान : शुक्लाफाँटामा अन्तर विद्यालय गीत प्रतियोगीता

झलारी : लैंङ्किक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत शुक्लाफाँटा नगरपालिकाको आयोजना तथा शिक्षाका लागि राष्ट्रिय अभियान कञ्चनपुरको आर्थिक सहयोगमा शुक्रवार शिवशंकर माध्यमिक विद्यालय गर्जमुनीमा अन्तर विद्यालय गीत प्रतियोगीता कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर बोहराको सभापतित्वमा आयोजना गरिएको गीत प्रतियोगीतामा प्रथम स्थान सरस्वती माध्यमिक विद्यालय अमरपुरका छात्रा बसन्ती सेठीले प्राप्त गर्नु भएको छ । द्वितिय स्थान राष्ट्रिय माध्यमिक विद्यालय पिपलाडीका छात्रा अञ्जली कुमारी खडका र तृतिय स्थान सोही विद्यालयका छात्रा रेनुका चौधरीले प्राप्त गर्नु भएको छ । प्रतियोगीतामा तीन विद्यालयका १२ जना विद्यार्थीले सहभागीता जनाउनु भएको थियो । प्रतियोगीतामा प्रथम द्वितिय र तृतिय हुने छात्रालाई कार्यक्रमका प्रमुख अतिथि नगर उप प्रमुख कल्पना पन्तले प्रमाण पत्र र ट्रफि प्रदान गर्नु भएको थियो । कार्यक्रममा मन्तव्य राख्नु हुदै उहाँले लिङ्गका आधारमा हुने विभेदको अन्त्य गरिनु पर्ने बताउनु भयो ।

हाल परिवर्तीत समय अनुसार विद्यालय जाने छात्राको सङख्या सन्तोषजनक भएको उल्लेख गर्नु हुदै उहाँले विगतको तुलनामा महिला शिक्षाका क्षेत्रमा अगाडी बढी रहेको बताउनु भयो । समाज जति शिक्षित बन्दै जान्छ, त्यती बढीनै लैङ्गिक हिंसाका घटना घटदै जाने बताउनु भयो । राष्ट्रिय माध्यमिक विद्यालयका पूर्व प्रद्यानाअध्यापक मोहनचन्द्र जोशीले पितृसतात्मक समाजका कारण नारिलाई जन्मने अधिकारबाट बञ्चित गरिदै आएको बताउनु भयो । जन्म नहुदै भ्रूण हत्या गरी नारी माथि अपमान गरिदै आएको उहाँको भनाई थियो । महिला पुरुष बारावरी भनेर दिईने नारा नारामै सिमित रहेको उहाँले उल्लेख गर्नु भयो । राष्ट्रिय माध्यमिक विद्यालय पिपलाडीका प्रद्यानाअध्यापक धन सिंह महराले परम्परा, चालचलन, पुरातन सोच, रितितिथी र संस्कृतिका कारण पुरुषको तुलनामा महिला माथि हिंसाका घटना बढदै गएको प्रति चिन्ता व्यक्त गर्नु भयो ।

उहाँले भाषणमा महिला पुरुष बारावरीका कुरा गरिने भएपनि व्यवहारमा समानता नभएको बताउनु भयो । महिला पुरुष विचको विभेद हटाउनका लागि व्यवहारमा परिवर्तन ल्याउन आवश्यक भएको उहाँले बताउनु भयो । शिवसंकर माध्यमिक विद्यालयका प्रद्यानाअध्यापक लक्ष्मी थापाले नारी पुरुष एक रथका दुई पाङ्गग्रा भएकाले हिंसा रहित रुपमा मिलेर अगाडी बढनु पर्ने बताउनु भयो । नगरपालिकाको महिला शाखाका प्रमुख कमला जोशीले कसै माथि हिंसा गर्दिन, हिंसा गरेको सहदिन भन्ने प्रण गरेर अगाडी बढन आव्हान गर्नु भयो । शिक्षाका लागि राष्ट्रिय अभियान कञ्चनपुरका अध्यक्ष मधु बोहरा, उपाध्यक्ष निर्मला जोशीले लैंङ्गिक हिंसालाई न्यूनिकरण गर्दै लैजानु पर्नेमा जोड दिनु भयो । कार्यक्रमका सभापती दल बहादुर बोहराले म विभेद गर्दिन भनेर घरबाट अभियान शुरु गर्नु पर्ने बताउनु भयो । घरबाटै अभियान शुरु गरेपछि समाज बदल्नका लागि अगाडी बढनु पर्ने उहाँको भनाई थियो । कार्यक्रकको सञ्चालन शिवसंकर माध्यमिक विद्यालयका पूर्व प्रअ बिष्णुदत्त जोशीले सञ्चालन गर्नु भएको थियो भने प्रतियोगीताको निर्णायकमा राष्ट्रिय माध्यमिक विद्यालयका पूर्व प्रअ मोहनचन्द्र जोशी, शिक्षक हिराप्रसाद पन्त, बासमती राना रहनु भएको थियो ।

ताजा समाचार