स्टार पोलिपाईपको कञ्चनपुरका प्लम्बरसंग सद्भाव कार्यक्रम

कञ्चनपुर : एक पोलिपाईप उत्पादनक कम्पनीले कञ्चनपुर प्लम्बरसंग सद्भाव कार्यक्रम राखेको छ । बाँके नेपालगञ्जको स्टार पोलिपाईप ईण्डष्ट्रिज प्रालिले कञ्चनपुरमा प्लम्बरसंग भेट एव सद्भाव कार्यक्रम गरेको हो । शुक्रबार महेन्द्रनगरमा एक कार्यक्रमका विच प्लम्बर सद्भाव भेट कार्यक्रम आरम्भ गरिएको जनाएको छ । स्टार पोलिपाईप ईण्डष्ट्रिज प्रालिका सेल्प अफिस बिमल खत्रीले विभिन्न ब्राण्डका पोलिपाईप बारे वितरक कम्पनीदेखि प्लम्बर मजदुरसंग छलफल गरेको बताए । खत्रीले कम्पनीबाट उत्पादित पाईप पश्चिम नेपाल सहितका विभिन्न जिल्लामा आपूर्ति हुँदै आएको बताए ।

कार्यक्रममा स्टार पोलिपाईप ईण्डष्ट्रिज प्रालिका नेश्नल सेल्समेन दिनेशराज विष्टले स्टार पोलिपाईप ईण्डष्ट्रिज प्रालिबाट उत्पादित पोलिथिन पाईप राम्रो प्रभावकारी भएकाले उपभोक्ताहरुलाई गुणस्तरिय सेवा प्रदानमा जोडदिएका छन । कार्यक्रममा जिल्लाका सयौँ पलम्बर मजदुरलाई कार्यझोला सहितका समाग्री र न्यू नटबोल्ट हार्डवेयरका संचालक भुवन कुमाललाई मोवाईल वितरण गरिएकोछ ।

कार्यक्रमको अध्यक्षता ग्रहण समेत गरेका बिनय ग्रुफका प्रतिनिधी बिरेन्द्र धामीले स्टार पोलिपाईप ईण्डष्ट्रिज प्रालिले उत्पादन गरेका पाईप गुणस्तरिय भएकाले प्रभावकारी रुपमा उपभोक्ताहरुलाई प्रदान जोडदिए । कञ्चनपुरका प्लम्बर मजदुरहरुले कम्पनीबाट उक्त कार्यक्रमले कार्य क्षेत्रमा थप उर्जा थपिदिएको बताएका छन । उनीहरुको आगामी दिनमा थप प्रभाकारी कार्यक्रम संचालनमा सुझाव दिएका छन ।

ताजा समाचार