महेन्द्रनगर : कञ्चनपुर जिल्लाको पर्यटन प्रबर्द्धन संगै पर्यटकीय क्षेत्रलाई छुने “कञ्चनपुर रानी तालैमा” गित सार्वजनिक भएको छ।
पत्रकारिता क्षेत्रमा अग्रसर रहनु हुने सञ्चारकर्मी एवम गायिका सरु क्षेत्रीको “कञ्चनपुर रानी तालैमा” नामक गित शुक्रवार अछामी बड्डो नामक युटयुब च्यानलबाट उक्त गित सार्वजनिक गरिएको हो ।
उक्त गितमा स्वर गायक खुमन अधिकारी र गायिका सरु क्षेत्रीको रहेको छ भने, शब्द राजेन्द्र शाह बिपीको रहेका छ । यसैगरी गायक खुमन अधिकारीको कम्पोज र विनोद बाजुरेलीको एरेन्ज रहेको छ ।
उक्त गितमा कलाकार मासुम विष्ट र मनिषा सिंह ठकुरीको अभिनय रहेको छ भने, निर्देशनमा मासुम विष्ट आफैले गर्नु भएको छ । शुक्लाफाँटामा रहेको रानीतालको प्रचार प्रसार गर्ने हेतुले उक्त शब्दको गितमा प्रयोग गरिएको गायिका सरु क्षेत्रीले बताउनु भयो ।